
काठमाडौँ । राष्ट्रिय बीमा संस्थानले गत शनिबार राजधानीको बानेश्वर स्थित अल्फा बीटा कम्प्लेक्समा‘जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालिम तथा अन्र्तक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ ।
कार्यक्रममा जीवन बीमा अभिकर्तासँग छलफल तथा अन्र्तक्रिया भएको थियो । त्यस्तै, संस्थानमा निरन्तर कार्यरत उत्कृष्ट अभिकर्ताले छलफलमा सहभागी भएका थिए । छलफलका क्रममा अभिकर्ताका समस्या तथा समाधानका उपायबारे आपसी वार्तालाप समेत भयो । समूहगत रुपमा चलेको उक्त कार्यक्रममा विभिन्न विषयमा चर्चा परिचर्चाहरु भएको पाईन्छ ।
जीवन बीमा गर्ने अभिकर्ताको सेवा, शर्त र सुविधा सम्बन्धी छलफल भएको थियो । यस्तै, नयाँ जीवन बीमा योजनाहरुको पहिचान, विद्यमान नीति–नियम , कार्यविधि र निर्देशिकाहरुमा अध्यावधिक गर्नुपर्ने विषयमा छलफल केन्द्रीत थियो ।
साथै, संस्थानलाई संस्थागत रुपमा थप व्यवस्थीत बनाउन आवश्यक पर्ने सुधारका विषयमा सुझावहरु संकलन गरिएको थियो । कार्यक्रममा राष्ट्रीय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठक, नायव महाप्रबन्धक महेश रिमाल लगायत व्यवस्थापक, अभिकर्तासंघका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो । करीब ८० जनाको सहभागिता रहेको थियो ।