चीनको छेङ्दु महानगरद्धारा काठमाडौं महानगरलाई २ ब्रुमर हस्तान्तरण

<p>काठमाडौं । काठमाडौं महानगरपालिकालाई छिमेकी राष्ट्र चीनको छेङ्दु महानगरले २ वटा ब्रुमर हस्तान्तरण गरेको छ । राष्ट्रिय सभागृहमा भएको ब्रुमर हस्तान्तरण तथा सांस्कृतिक कार्यक्रममा छेङ्दु महानगर प्रमुख न्यू चिङ वाओले ब्रुमरको साँच्चो काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्कीलाई हस्तान्तरण गरेका हुन् । २ करोड २७ लाख ३ सय ७२ रुपैयाँ मूल्य रहेको [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकालाई छिमेकी राष्ट्र चीनको छेङ्दु महानगरले २ वटा ब्रुमर हस्तान्तरण गरेको छ । राष्ट्रिय सभागृहमा भएको ब्रुमर हस्तान्तरण तथा सांस्कृतिक कार्यक्रममा छेङ्दु महानगर प्रमुख न्यू चिङ वाओले ब्रुमरको साँच्चो काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्कीलाई हस्तान्तरण गरेका हुन् ।


२ करोड २७ लाख ३ सय ७२ रुपैयाँ मूल्य रहेको उक्त ब्रुमरसँगै चिनीयाँ टोली शनिबार काठमाडौं आईपुगेका थिए । कार्याक्रममा स्वागत मन्तव्य राख्दै काठमाडौं महानगर उपप्रमुख हरिप्रभा खड्कीले प्राचिन कालदेखि दुई देशको सम्बन्ध उजागर गर्दै आगामी दिनमा पनि छेङ्दु महानगरसँग निरन्तर रुपमा सहकार्य हुनेमा विश्वस्त रहेको बताईन ।


त्यस्तै चीनको छेङ्दु महानगरका प्रमुख न्यु चिङ वाओले विकासको गतिमा अगाडी बढ्दै गरेको नेपाललाई साथ एवं सहयोग गर्न तत्पर रहेको भन्दै काठमाडौं महानगरलाई ब्रमुर हस्तान्तर गर्न पाउदाँ खुसी रहेको बताए ।  कार्यक्रममा बाेल्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले छेङ्दु टोलीलाई धन्यवात दिँदै आगामी दिनमा दुई सहरबीच पर्यटन, सामाजिक तथा सांस्कृति विषयलाई अगाडी बढाउने जानकारी दिए । कार्यक्रममा नेपालका लागि चिनीयाँ दुतावासका प्रतिनिधिकाे तथा काठमाडाैं महानगरपालिकाका कर्मचारीकाे उपस्थित रहेकाे थियाे ।

यस्ता छन् व्रुमरका विशेषता
८.६ मिटर लम्बाई, ३.५ मिटर चौडाई रहेको सो ब्रुमरमा २ वटा इञ्जिन रहेका महानगर मेकानिकल शाखाका प्रमुख प्रमोद डंगोलले बताए । उनका भने ‘१५५ किलोवाट इञ्जिनको क्षमता छ भने ब्रुमर चलाउने इञ्जिन ११८ किलोवाट रहेको छ । डिजेलले चल्ने सो ब्रुमरको तौल १५.८ मेट्रिक टन रहेको छ । ’


हरेक ब्रुमरले ६ घनमिटर धुलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता रहेको सो ब्रुमर ९८ किलोमिटर प्रतिघण्टा गतिले सडकको क्षमता हेरेर प्रतिघण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्ने मेकानिकल शाखाका प्रमुख डंगोले बताए ।

 

Share News