विद्युतीय सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णयलाई सुन्दर यातायातले गर्यो स्वागत

<p>काठमाडौं । सुन्दर यातायात प्रा.लि. ले नेपालमा विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने नेपाल सरकारको निर्णयलाई स्वागत गरेको छ । सरकारले मन्त्री परिषदको गत जेठ १३ गतेको निर्णय अनुसार सवारी साधान आयात निर्यात कार्य योजना पारित गर्दै विद्युतीय सवारी साधन प्रयोग गर्न प्रोत्साहन गरेको हो । उक्त सवारी साधान सञ्चालन गरी आफ्नो देशको उत्पादित विद्युतबाट सञ्चालित [&hellip;]</p>

काठमाडौं । सुन्दर यातायात प्रा.लि. ले नेपालमा विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने नेपाल सरकारको निर्णयलाई स्वागत गरेको छ । सरकारले मन्त्री परिषदको गत जेठ १३ गतेको निर्णय अनुसार सवारी साधान आयात निर्यात कार्य योजना पारित गर्दै विद्युतीय सवारी साधन प्रयोग गर्न प्रोत्साहन गरेको हो ।

उक्त सवारी साधान सञ्चालन गरी आफ्नो देशको उत्पादित विद्युतबाट सञ्चालित हुने वातावरण मैत्री सवारीसाधन खरीद गर्दा बैंकले ९० प्रतिशतसम्म फाइनान्स गर्न केन्द्रित बैंकलाई नेपालको सरकारको निर्देशन जारी भएको छ । उक्त निर्देशन जारी भई कार्यान्वयनमा गर्न नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैकहरुलाई परिपत्र समेत जारी भइसकेको छ ।

साथै, प्रधानमन्त्रीबाट विद्युतीय सवारी साधन, सार्वजनिक बस तथा अन्य विद्युतीय सवारी साधान समेत प्रयोग गर्न गरीएको प्रोत्साहनलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन सुन्दर यातायातले ध्यानाकर्षण गरेको छ । त्यस्तै, विद्युतीय सवारी साधनमा रहेको झन्झटिलो र दररेट तथा भाडादर र नीति नियम समेत कार्यान्वयनमा ल्याउन यातायातले आशा गरेकाे छ ।

Share News