काठमाडौं । बिहीबार महिना भरिकै उच्च मूल्यमा सुनकाे मूल्य निर्धारण भएकाे छ । बिहीबार प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा विक्री वितरण भएको छापावाल सुन शुक्रबार ६ सय रुपैयाँ बृद्धि भई ६३ हजारमा कारोबार भईरहेको छ ।
त्यस्तै तेजावी सुन बिहीबारको तुलनामा ६ सय रुपैयाँ बढेर ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जेष्ठको १ गते प्रतितोला ६० हजार ६ सयमा कारोबार भएको छापावाल सुन जेष्ठ ६ गते सबैभन्दा कम मूल्य ५९ हजार ५ सयमा काराेबार भएकाे थियाे । त्यस्तै ३१ गते शुक्रबार ६३ हजारमा विक्री वितरण भई महिना कै उच्चतम विन्दुमा पुगेको महासंघले जानकारी दिएको छ ।