वैदेशिक रोजगार ठगी मुद्दामा फरार प्रतिवादी देउजा पक्राउ, साढे एक वर्ष जेल सजाय

<p>काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दामा फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ का सुमन देउजालाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले फरार रहेका देउजालाई जेठ २८ गते काठमाडौंको रानीवनबाट पक्राउ गरिएको हो । टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको विसं २०७१ माघ ४ गतेको फैसलाअनुसार उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश [&hellip;]</p>

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दामा फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ का सुमन देउजालाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले फरार रहेका देउजालाई जेठ २८ गते काठमाडौंको रानीवनबाट पक्राउ गरिएको हो ।

टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको विसं २०७१ माघ ४ गतेको फैसलाअनुसार उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । ठगी मुद्दामा फरार प्रतिवादी देउजालाई एक वर्ष छ महीना कैद र एक लाख ५० हजार जरिवाना ठहर भएकोमा सजाय बेरुजु रही ब्युरोको टोलीले पक्राउ गरेको हो ।

साथै, देउजालाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार कैद भुक्तानको लागि काठमाडौंको कारागार कार्यालय जगन्नाथ देवल पठाइएको ब्युरोले बताएका छन् ।

Share News