विनय रिजालले १८ महिनामै छाडे सहयोगी विकास बैंक

<p>काठमाडौं । सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय रिजालले बैंक छाडेका छन् । ४ बर्षका लागि सीईओ नियुक्त रिजालले १८ महिनामै बैंक छाडेका हुन् । आफूले २०७६ जेठ २६ गतेदेखि सहयोगी छाडेको रिजालले जानकारी दिए । उनले पदबाट दिएको राजिनामा बैंक सञ्चालक समितिको २७३औ बैठकले स्वीकृत गरिसकेको छ । बैंकले एक कार्यक्रमको आयोजना [&hellip;]</p>

काठमाडौं । सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय रिजालले बैंक छाडेका छन् । ४ बर्षका लागि सीईओ नियुक्त रिजालले १८ महिनामै बैंक छाडेका हुन् ।

आफूले २०७६ जेठ २६ गतेदेखि सहयोगी छाडेको रिजालले जानकारी दिए । उनले पदबाट दिएको राजिनामा बैंक सञ्चालक समितिको २७३औ बैठकले स्वीकृत गरिसकेको छ ।

बैंकले एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । रिजालको कार्यकालमा बैंकमा पुर्याएको योगदानको प्रशंसा गर्दै सहयोगी विकास बैंक परिवारले उनलाई स-धन्यवाद सहित बिदाई गरेको हो ।

आफू बैंकमा आउँदा जुन उत्साह, योजना र रणनीति बोकेर आएको थिए त्यो बैंककै आन्तरिक कारणले लागू गर्न नसकेको उनले बताए ।

Share News