काठमाडौं । गुठी संस्थानको संरक्षणका लागि शान्ती पून धर्ना बस्ने माथि प्रहरीले अनैतिक व्यवहार गरेको छ । सरकारले संसद्मा दर्ता गरेको गुठी विधेयक विरुद्ध माइतीघरमा भइरहेको शान्तीपुन प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडप भएको हो ।

प्रदर्शनमा प्रहरीले प्रदर्शनकारी लक्षित गर्दै पानीको फोहोरा हानेपछि दुई पक्षबीच झगडा हुँदा ७ जना भन्दा बढी घाइते रहेको सामाजिक अभियन्ता गणपति लाल श्रेष्ठले बताए । नेवाः जागरण मञ्चका अध्यक्ष सुजिव बज्राचार्य समेत घाइते रहेसँगै सो कार्यक्रममा अन्य व्यक्तिहरुको नाम नखुलेको श्रेष्ठले जानकारी दिए ।
विरोध सभामा उपत्यका भित्रका सबै प्राचिन गुठियाहरुको बाक्लो सहभागिता रहेको बताए । सो विधेयक संविधान विपरित भएकोले खारेज गर्न उनीहरुको माग रहेको छ । गुठी विधेयकको कारण धर्म संस्कृति माथिको अस्तित्व नै मेटिन सक्ने विज्ञहरुको चेतावनी रहेको छ ।
घाइतेहरुको अन्नपूर्ण न्युरो अस्पत्ताल, नर्भिक लगायत बिभिन्न अस्पत्तालमा उपचार भईरहेको छ । प्रहरी हस्तक्षपको विरोधमा अभियन्ताहरुले ५ बजे असनबाट विरोध जुलुस तथा विशाल प्रदर्शन गर्नेछन् ।