काठमाडौं। काठमाडौं मेडिकल कलेजमा अध्ययनरत २४ वर्षीय शिशिर खनालको शव भेटिएको छ। गत जेठ् १७ देखी हराईरहेका शिशिरको शव कीर्तिपुरको पुष्पलाल चोक नजिकै भेटिएको हो।
८ दिन देखी हराईरहेका खनालको फोनको लोकेसन अन्तिम पटक ललितपुरको धोबिघाटमा देखिएको थियो। उनी चढ्दै आएको बा ८७ प- ७६०८ को रातो रङको पल्सर मोटारसाईकल केही दिन अघि कीर्तिपुर नजिकै फेला परेको थियो।
शिशिरले केही समय अगाडि आफ्नो आमाबुवा दुर्घटनामा गुमाएका थिए। उनी पढाईमा अब्बल रहनुको साथै डिप्रेसनका बिरामी समेत रहेको उनको नजिकैको आफन्तले जानकारी दिएका छन्।