‘जलविद्युतमा प्रतिफल लिन कम्तीमा ५ वर्ष कुर्नुपर्छ’

<p>काठमाडौं । अधिकांश जलविद्युत कम्पनीका लगानीकर्तालाई प्रतिफल लिन कम्तीमा ५ वर्ष कुर्न अर्थमन्त्री डा. युवराज खतिवडाले आग्रह गरेका छन् । शनिबार नेपाल धितोपत्र बोर्डको २७औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री खतिवडाले जलविद्युत क्षेत्रमा लगानीको प्रतिफल पाउन समय लाग्न सक्छ भन्दै सो कुरा बताएका हुन् । जलविद्युतमा कम्तिमा ५ वर्ष घटीको कुनैपनि प्रोजेक्ट छैनन्, त्यसैले यसमा प्रतिफल [&hellip;]</p>

काठमाडौं । अधिकांश जलविद्युत कम्पनीका लगानीकर्तालाई प्रतिफल लिन कम्तीमा ५ वर्ष कुर्न अर्थमन्त्री डा. युवराज खतिवडाले आग्रह गरेका छन् । शनिबार नेपाल धितोपत्र बोर्डको २७औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री खतिवडाले जलविद्युत क्षेत्रमा लगानीको प्रतिफल पाउन समय लाग्न सक्छ भन्दै सो कुरा बताएका हुन् ।

जलविद्युतमा कम्तिमा ५ वर्ष घटीको कुनैपनि प्रोजेक्ट छैनन्, त्यसैले यसमा प्रतिफल लिन लामो समय कुर्नुपर्ने उनले प्रष्ट्याए । हालसम्म सरकारको जलविद्युत कार्यक्रम अन्तर्गत तीन वटा कम्पनीले सेयर निष्काशन गरिसकेका छन् ।

आम नेपालीलाई वित्तीय उपकरणमा लगानी गराउनलाई जलश्रोत एउटा राम्रो ठाउँ हो । तर यो पनि स्पष्ट हुनुपर्छ की सबै जलविद्युत आयोजनाहरु सबैले उच्च प्रतिफल दिने नहुन पनि सक्छन् । रेलको उदाहरण दिँदै उनले सरकारले पनि आफ्नो लगानीको प्रतिफल खोज्नलाई लामो समय पर्खिन सक्ने बताएका छन् । सरकारले गरेको लगानी पर्खेर पनि प्रतिफल लिनुपर्ने हुन्छ । जस्तै, शिक्षा स्वास्थ्यमा गरेको लगानीको प्रतिफल पाउन दशकौं कुर्नुपर्ने हुन्छ । तर नीजि क्षेत्रमा लगानी गर्दा त्यस्तो दशकौं वर्ष पर्खिनु पर्ने हुँदैन ।

कमोडिटी मार्केट लामो समयसम्म अनऔपचारिक ढंगले चल्यो । औपचारिक गराउँन धेरै ढिलो गरियो । औपचारिक गरिएपनि व्यवस्थित बनाउन अझै सकिएको छैन । यी मार्केटहरु भनेको जोखिममा रहेका काम गर्ने संस्थाहरु हुन् । यस्ता संस्थाहरुको नियमनकारी संस्थाहरु पनि त्यत्तिकै चनाखो र त्यत्तिकै प्रभावकारी हुनुपर्ने खतिवडाले बताए ।

समग्रमा वित्तीय क्षेत्रलाई सन्तुलित ढंगले चलायमान बनाउन सबै नियमनिकायहरु बलियेचएक आपसमा मिलेर गृहकार्य गर्नुपर्ने हुन्छ । मुलुकको अर्थतन्त्र उदायमान छ, आर्थिक वृद्धिदर ८.५० प्रतिशत बनाउनेमा छौं । बैंक तथा वित्तीय संस्थाहरु नाफामा छन् । जसको प्रतिबिम्ब भनेकै सेयर बजार हो ।

अबको काम भनेको पुँजीबजार वा धितोपत्र बोर्डलाई अझ सबल बनाउनु हो । बजारमा धेरैभन्दा धेरैको सहभागिता जुटाउनु हो । सम्पत्तिमा महिलाको हक भनेर जोड बल गरिरहेका छौं । कोही बेला घर जग्गा मा १० प्रतिशत छुट दिएर महिलाको स्वामित्व बढाउन धेरै कोसिश गरेका थियौं । त्यो कोशिस गर्दा गर्दै पछिल्लो चरणमा छुटको अनुवाद २५ प्रतिशत पुर्याईएको छ । तर त्यसको रिजल्ट हाल सरकारी घरजग्गामा महिलाको स्वामित्व ८ प्रतिशतबाट बढेर करिब २८ प्रतिशत पुगिसकेको छ ।

त्यस्तै, सेयर बजारमा पनि महिलाको स्वामित्व र लगानी बढाउनलाई धितोपत्र बोर्डले थप कार्य गनुपर्ने देखिएको उनले बताए । सम्पत्तिमा महिला पुरुषको हक अधिकार सम्मान गर्दै लैजाने हो भने सेयर बजारमा पनि महिलाको सहभागिता बढाउनु पर्ने देखिएकाे खतिवडाले बताए ।

Share News