काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को कार्यसमितिको लागि आज निर्वाचन हुँदैछ । नयाँ बजारस्थिति मल्टि भेन्यूमा हुदै गरेको चुनावी प्रतिस्पर्धामा ७ पदाधिकारीसहित १५ सदस्यीय कार्यसमितिका लागि ३ प्यानलबाट ३६ जनाले उम्मेदवारी दिएका छन् ।
अध्यक्ष पदमा प्रकाश नरसिंह राणा, अर्जुनलाल प्रधान, र समिर गुरुङ्गबीच प्रतिस्पर्धा हुँदैछ । राणाले नेतृत्व गरेको समूहबाट ३ जना उपाध्यक्ष पदमा भविश्व शर्मा, राजुमान डंगोल र गीता गुरुङ्ग उम्मेदवार बनेको छन् ।
यस समूहमा महासचिवमा धुर्ब अधिकारी, सचिवमा दावाङ्ग तामाङ्ग, कोषध्यक्षमा रामकुमार थपलियाले उम्मेदवारी दिएका छन् । सदस्यहरुमा दिनेश श्रेष्ठ, राजेन्द्र ब दुलाल, स्वप्निल शर्मा, रुपेश गुरुङ्ग, कर्म घले, केशव कुमार बस्नेत, सुरेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गराएको ठमेल पर्यटन विकास परिषदको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै, अध्यक्षका उम्मेदवार अर्जुनलाल प्रधान समूहबाट उपाध्यक्षमा महेश महर्जन, टाँसी गुरुङ्ग, पाल्साङ गुरुङ, महासचिवमा शहदेव धमला, सचिवमा बद्री प्रसाद तिमल्सिना, कोषाध्यक्षमा पुण्यराम लगेजु र सदस्यहरुमा गोपाल गुरुङ्ग, नरेन्द्र बहादुर श्रेष्ठ, राजेन्द्र प्रसाद प्रधान, कुइसाङ दोर्जे लामा र विनोद श्रेष्ठ रहेका छन् ।
समिर गुरुङले नेतृत्व गरेको तेस्रो समूहबाट उपाध्यक्षमा गोविन्दप्रसाद पन्थ, रन्तप्रसाद दुलाल, सुनिता श्रेष्ठ छिरिङ्ग, महासचिवमा नारायण खनाल, सचिवमा रामचन्द्र गिरी, कोषाध्यक्षमा रामशरण ढकाल, सदस्यहरुमा जनक सिं तामाङ, महेश पन्त उम्मेदवार छन् ।
१५ पदका लागि तीन समूह मध्ये राणाको समूहले १४ जनाको उम्मेदवारी दिएको छ । प्रधान समूहबाट १२ जनाको उम्मेदवारी परेको छ भने गुरुङ्ग समूहबाट ९ जनाको मात्र उम्मेदवारी परेको छ ।
व्यवसायिक रुपमा साझा हितको कुरा गरे पनि राजनीतिक पार्टीसँग निकटताका आधारमा व्यवसायहरु फुटेर चुनावी प्रतिस्पर्धामा गएको देखिएको छ । तीन वटै समूहले फरक फरक स्थानमा चुनावी पार्टी आयोजना गरे मतदातालाई प्रभावित पारेको देखिन्छ । परिषदमा ठमेल क्षेत्रका करिब ८०० पर्यटन व्यवसायी सदस्य रहेका छन् ।