आइतबार सार्वजनिक विदा

<p>काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका लागि सरकारले आइतबार उपत्यकामा बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै आइतबार उपत्यकाका ३ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएको हो । सरकारले मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व इदका अवसरमा देशभर [&hellip;]</p>

काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका लागि सरकारले आइतबार उपत्यकामा बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै आइतबार उपत्यकाका ३ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएको हो ।

सरकारले मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व इदका अवसरमा देशभर सार्वजनिक विदा दिएको थियो । उपत्यकाका नेवार जातिहरुका लागि बिशेष महत्व राख्ने रातो मच्छिन्द्र नाथको जात्रा देखाउने कार्यक्रममा पनि सरकारले विदा दिने निर्णय गरेको हो ।

Share News