काठमाडौँ । वरिष्ठ अभिनेता रबिन्द्र खड्काले चलचित्र कलाकार संघको अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् । संघमा एक कार्यकाल अध्यक्ष रही सकेका भूतपुर्व अध्यक्ष खड्काले यस पटक पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
यसैक्रममा विगत तीन दशकभन्दा बढी कलाकारितामा सक्रिय भूमिका निर्वाह गरिसकेका खड्काले चलचित्रकर्मीहरुको भविष्य सुनिश्चित गर्न, कलाको माध्यमबाट राष्टमा योगदान दिने वरिष्ठ कलाकर्मीहरुको बाँकी जीवनका लागि उच्च सम्मान सहित व्यवस्थापन गर्ने योजना बनाएका छन् ।
साथै, पूर्व अध्यक्ष नायक स्वर्गीय रामकेशर बोगटी लगायत चलचित्र संघको सपना संघको आफ्नै भवन निर्माणका लागि यथाशीघ्र अगाडि बढ्ने लगायतका थुप्रै थुप्रै सुकार्यको लागि सदा झैँ अगाडि बढ्ने प्रण गर्दै उनले उम्मेदवारी दर्ता गराएका हुन् ।