
हेटौंडा । ३ नम्बर प्रदेशको प्रदेश समन्वय परिषद्को बैठक सरेको छ । प्रदेश सरकारले हेटौंडामा गर्न लागेको प्रदेश समन्वय परीषद् बैठक पाँच दिन पछि सारिएको हो । प्राबिधिक कारणबस बैठक स्थगित गरिएको समन्वय परिषद् बैठक पाँच दिन पछी सञ्चालन गरिने प्रदेश नम्बर ३ का प्रमुख सचिब आनन्दराज ढकालले जानकारी दिए । सरकारले यही जेठ २४ र २५ गते हेटौंडामा बैठक सञ्चालन गर्ने जानकारी दिएको थियो ।
बैठक अब यहि जेठ २९ र ३० गते हेटौंडाको क्लब हेटौंडाको हलमा विहान ७ बजेटबाट हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदकोे कार्यालयले जनाएको छ । बैठकका लागि सबै तयारी पूरा भएपनि कारणबस सार्नुपरेको प्रमुख सचिब ढकालले जानकारी दिए । समन्वय परिषद बैठकमा प्रदेशका १३ वटा जिल्लाका जिल्ला समन्वय समिति तथा स्थानीय निकायका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुने छन् ।