काठमाडौं । महागढीमाई नगरपालिका वार्ड नं. ६ बाराका वडा अध्यक्ष रामजीप्रसाद बरै सेवाग्राहीसँग घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटि गएको टोलीले निजलाई महागढीमाई नगरपालिकामा घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । सूचना एवम् उजुरीका आधारमा आयोग टोली त्यहाँ पुगेको थियो ।
वडा अध्यक्ष बरैलाई कलैया उपमहानगरपालिका वडा नं. ७ स्थित दुर्गा माध्यमिक विद्यालयको हाताबाट रङ्गेहात नियन्त्रणमा आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । सांसद विकास कोषबाट आएको रकमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बबुआइनको कम्पाउण्ड वाल बनाउन उपभोक्ता समिति गठन गरी काम सुरु गर्नु पूर्व विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस र रिसवत लिएका हुन् ।