बाघदरबार पुननिर्माण कार्यमा अवरोध हुँदा काम ठप्प

<p>काठमाडौं । बाघदरबार निर्माण तथा छाना मर्मत कार्य गर्दा अवरोध भई काम रोक्का भएको छ । भूकम्प पछि बाघदरबार पुननिर्माणको क्रममा पुरातत्व विभागले वि.सं २०७५ साल चैतमा राज कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो । बाघदरबारको आधा काम सम्पन्न गरि छानामा त्रिपाल लगाउने क्रममा विविध व्यक्तिले अभद्र व्यवहार गरेको कारण निर्माण कार्य ठप्प भएको हो । काठमाडौं [&hellip;]</p>

काठमाडौं । बाघदरबार निर्माण तथा छाना मर्मत कार्य गर्दा अवरोध भई काम रोक्का भएको छ । भूकम्प पछि बाघदरबार पुननिर्माणको क्रममा पुरातत्व विभागले वि.सं २०७५ साल चैतमा राज कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो । बाघदरबारको आधा काम सम्पन्न गरि छानामा त्रिपाल लगाउने क्रममा विविध व्यक्तिले अभद्र व्यवहार गरेको कारण निर्माण कार्य ठप्प भएको हो ।

काठमाडौं महानगरपालिकाका कर्मचारी कृष्णराज विष्ट, नाता प्रमाणीत तथा पंचीकरण शाखा प्रमुख गणेशप्रसाद थपलीया, प्रशासन प्रमुख हरि कुवर, शहरी व्यवस्थापन विभागका राजु पाण्डे, डि.एस.पी ज्ञानेन्द्रबहादुर कार्की, महानगरपालिका प्रवक्ताले उक्त काम रोक्का गरि, कामदारलाई अभद्र व्यवहार गरेको कारण हाल कार्य सम्पन्न गर्न अवरोध सिर्जना गरेको भन्दै राज कन्स्ट्रक्सनले पुरातत्व विभागमा निवेदन प्रेस गरेको छ ।

बाघदरबार कुन शासन कालमा कस्ले निर्माण गरे ?
वि.स. २०७२ साल बैशाख १२ गते शनिबार गएको भूकम्पले भत्काएको उक्त बाघदरबार मल्लकालीन, राणाकालीन र आधुनिक शैलीका रहेको थियो । इतिहासविद्को भनाई अनुसार अमरसिंह थापाले सानो आकारमा बाघदरबार निर्माण गरेका हुन् । वास्तुकलाको प्रयोगबाट निर्माण भएको बाघदरबार भीमसेन थापाको शासनकालमा १ सय २० रोपनी क्षेत्रफलमा विस्तार गरेका थिए ।

वि.सं १८९४मा भीमसेन थापाको मृत्युपछि बाघदरबार सरकारीकरण गरिएको अभिलेख रहेको छ । जब माथवरसिंह थापा वि.सं १९०१ सालमा प्रधानमन्त्री भएपछि यो दरबारको प्रवेशद्धारमा बाघ पालेको हुँदा सोही समयदेखि ‘बाघदरबार’ नामाकरण गरिएको भन्ने इतिहासमा रहेको छ ।

राणा शासनको शुरुवातसँगै विभिन्न व्यक्तिको स्वामित्वमा यस दरबार रहन गयो । राणा प्रधानमन्त्री वीरशमशेरको शासनकालमा बाघदरबारमा सेतो मार्बल ओछ्याउन लगाएका थिए । वि.सं १९९० सालमा गएको भूकम्पले भत्किएको दरबार जुद्धशमशेरको पालामा पुननिर्माण गरियो । त्यस पछि आफ्नो छोरा हरिशमशेरलाई उपहार स्वरुप प्रदान गर्दैगर्दा उक्त दरबारको नाम ‘हरि भवन’ राखिएको पाइन्छ ।

भूकम्प पछिको बाघदरबार 
वि.स २०७२ साल बैशाख १२ गते गएको भूकम्पले बाघदरबार भत्किएको थियो । प्राचीन मूल्यमान्यता बोकेको बागदबार पुरानै शैलीमा पुननिर्माण होला त ! यो सबै सर्वसाधारणहरुको चाँसोको विषय रहेको छ । वि.सं २०७२ पुष १९ गते दरबार पुननिर्माणका लागि भवन निर्माणसम्बन्धी नक्सा सहित पुरातत्व विभागसँग पत्राचार गरि स्थलगत निरीक्षण भएको थियो ।

वि.सं २०७३ साल बैशाख २० गते बाघदरबारमा भत्किएको संरचनाको आबश्यकता हेर निर्माण गर्ने, दरबार भित्र रहेको कलात्मक वास्तुकृति वास्तुकला, ऐतिहासिक संस्कृति एवं मौलिक स्वरुप यथावत् राख्ने विषय सर्वाेच्च अदालतले संयुक्त रुपमा इजलास दिएको थियो । २०७४ साल कात्तिक ५ गतेको पत्रमा भूकम्पले क्षति पुगेको संरचना पुननिर्माण गर्नका लागि आवश्यक वस्तुविज्ञ, संरचनाविज्ञ, पुरातत्वविद्बाट अध्ययन गराई संरचना निर्माण नगर्दा सम्म जोगाउनका लागि व्यवस्थापन गर्नका लागि काठमाडौं महानगरपालिकालाई पत्राचार गर्याे ।

काठमाडौं महानगरपालिकाले बाघदरबार खासमा हरि भवन भएको भन्दै भत्काउने प्रयास गरेको थियो। सोहि १५ गते पत्रबाट प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा १६ (क) अनुरुप संरक्षण गर्न र भत्काउने काम रोक्का गर्न दिएको निर्देशन समेत हेर्दा एकसय वर्ष ननाघेका अद्धितिय कलाकृति तथा महत्व दर्शाउने स्मारकहरु पुरातत्व विभागले गर्न पर्ने व्यवस्था रहेको छ ।

पछिल्लो समयमा विवादित दरबार भवन पुननिर्माणको सन्दर्भमा पुरातत्त्व विभागको सन्योजकत्त्वमा समिती गठन हुन सकेको अवस्था छैन ।महानगरले त्यही भवनमा बाहिरबाट आउने पाहुनाहरुलाई सानो सानो सेमिनार लगायत हाम्रो रहन सहन अनुसारको कार्यक्रम एवं बस्नकाे लागि व्यवस्था र सानो संग्रहालय निर्माण गरेमा सबैका लागि राम्रो हुने सामाजिक अभियान्त गणपतिलाल श्रेष्ठले बताए ।

Share News