बुढीगण्डकीको क्षमता १२ सय मेगावाटबाट नघटाउन निर्देशन, मुआब्जा पनि चाँडै टुंग्याउनु

<p>काठमाडौँ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समितिले बुढीगण्डकी जलविद्युत आयोजना १२०० मेघावाट कै बनाउन उर्जा मन्त्रालयलाई निर्देशन दिएको छ । गोरखा र धादिङ जिल्लामा पर्ने आयोजना प्रभावित आरुघाट, आर्खेत र खहरे क्षेत्रको २४ सय रोपनी जग्गाको मुआब्जा तत्काल बितरण गरी निर्माण कार्य शुरु गर्न समिति सभापति दिलकुमारी रावल(पार्वती) ले निर्देशन दिएकी हुन् । समितिले सोमबार [&hellip;]</p>

काठमाडौँ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समितिले बुढीगण्डकी जलविद्युत आयोजना १२०० मेघावाट कै बनाउन उर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।

गोरखा र धादिङ जिल्लामा पर्ने आयोजना प्रभावित आरुघाट, आर्खेत र खहरे क्षेत्रको २४ सय रोपनी जग्गाको मुआब्जा तत्काल बितरण गरी निर्माण कार्य शुरु गर्न समिति सभापति दिलकुमारी रावल(पार्वती) ले निर्देशन दिएकी हुन् ।

समितिले सोमबार आयोजना गरेको छलफल कार्यक्रममा उपस्थित उर्जामन्त्री वर्षमान पुनले पनि बुढीगण्डकी आयोजना १२ सय मेघावाट कै बनाउने बताए । यसअघि उर्जामन्त्री पुनले बुढीगण्डकीलाई १२ बाट घटाएर ९ सय मेघावाटको बनाउने बताउँदै आएका थिए ।

बुढीगण्डकीसहित ४ हाइड्रोपावरलाई २५ अर्ब बढी, उर्जामा साढे ८३ अर्ब
यता, बुढीगण्डकी लगायतका ४ जलविद्युत् आयोजनालाई २५ अर्ब रुपैंयाभन्दा बढी बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेट बक्तव्यमा अर्थमन्त्री युवराज खतिवडाले सो रकम विजियोजन गरेका हुन् ।

बुढीगण्डकी आयोजनालाई १३ अर्ब ५७ करोड, तनहुँ जलविद्युतलाई ८ अर्ब ९० करोड, तामाकोशी–५ लाई १ अर्ब ८५ करोड तथा बुढीगंगा जलविद्युत् आयोजनालाई २ अर्ब २ करोड विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बजेट बक्तव्यमा उल्लेख गरेका हुन् । उर्जा क्षेत्रमा आगामी वर्ष ८३ अर्ब ४९ करोड रुपैंया खर्च गर्ने लक्ष्य सरकारले लिएको छ ।

बुढीगण्डकी जलविद्युत आयोजनाः यसरी फस्यो शक्तिकेन्द्रको चलखेलमा, यी हुन् पर्दा पछाडीका खेलाडी

उर्जा मन्त्रीको प्रस्तावः बुढीगण्डकी आयोजनाको क्षमता घटाएर ९ सय मेगावाट बनाऔं

बुढीगण्डकी जलविद्युत आयोजना खोसाखोस, १६ महिनामा सरकारका ३ निर्णय

बुढीगण्डकी फेरी प्रतिष्पर्धा बिनै चाईना गेजुवालाई

Share News