काठमाडौं । सरकारले संसद दर्ता गरेको गुठी सम्बन्धि संशोधन गर्न निर्माण भएको विधेयक, २०७५ माथि सरोकारवालाहरुले असन्तुष्टी व्यक्त गरेका छन् । मुलुकमा पहिलै देखि चल्दै आएको गुठी परम्परा र धर्म संस्कृति माथि उक्त नियोजित विधेयकले प्रहार गरेको सरोकारवालाहरुले बताए ।
काठमाडाैंको बत्तिस पुतलीमा ‘नेपाल गुठी संरक्षण पुच’ आयोजित उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा.गोविन्द टण्डन यो विधेयक माथि पुन विचार हालको आवश्यक रहेको जानकारी दिएका छन् । सो कार्यक्रममा बोल्दै टण्डनले यो विधेयक जस्ताको तस्तै पारित हुदाँ आफ्नो मौलिक संस्कृति लोप हुने गइरहेको टण्डनले भने ।
पूर्व प्रशासक एवं ‘नेपाल गुठी संरक्षण पुच’ उपाध्यक्ष केशवबहादुर राजभण्डारीले धार्मिक विषयमा भन्दा राजनीतिकरण बढी भई गुठी विधेयक संशोधन नभई पास हुदाँ धर्म संस्कृति माथि गम्भिर प्रहार भएको उनको भनाई रहेको छ । उक्त छलफल कार्यक्रममा वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल भने, संसदमा पुगेको विधेयक गुठीको मात्तहतमा नरहेको र सो विधेर्यकले गुठीले अस्तित्व धरापमा रहेको बताए ।
पूर्व मन्त्री दीपक ज्ञवालीले भने, यदि विधेयक फिर्ता नहुने हो भने गुठीका परम्परागत सम्पदाको संरचना लोप हुँदै जाने छ ।’ त्यस्तै गुठी पुचका भरत जंगमले ‘प्रदेशको कार्यक्षेत्रमा परेको गुठी सम्बन्धि नीति नियम कानुन संघिय संसदले बनाउनु अवैधानिक रहेका बताउँदै धर्म र संस्कृति विनाश गर्न निर्माण भएको विधेयक हो भनि घोषणा गरे ।