काठमाडौँ । नेपाली पोलिसी इन्स्टिच्युट (एनपीआई) र राष्ट्रिय योजना आयोगबीच विगतमा इन्स्टिच्युटले पेस गरेका नीतिगत सुझाब र संयुक्त रुपमा भएका कार्यक्रमका प्रगतिका विषयमा छलफल भएको छ ।
उक्त कार्यक्रम नेपाली पोलिसी इस्टिच्युट (एनपीआई)ले गैरआवासीय नेपाली संघ थाईल्याण्डसँगको सहकार्य र नेपाली दूतावासको समन्वयमा बैंककमा आयोजना गरेको थियो ।
कार्यक्रमको पहिलो सत्रमा आयोगको तर्फबाट उपसचिव नारायण पौडेल र सहसचिब तोया नारायण ज्ञवालीले र एनपीआईको तर्फबाट अध्यक्ष खगेन्द्र ढकालले प्रस्तुति गरेका थिए ।
कार्यक्रममा दुई संस्थाबीच दीर्घकालीन समझदारी हुने बारे छलफल भएको थियो ।