सानेपामा सवारी दुर्घटना, मोटरसाइकलमा सवार दुई पत्रकारको मृत्यु

<p>काठमाडौं । आइतबार अपरान्ह सानेपाको नयाँ बाटोमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । मोटरसाइकलमा सवार दुई जना पत्रकारको सनाखत मृत्यु भएको जनाईएको छ । मृत्यु हुनेमा ललितपुरका ४० वर्षीय गोबिन्द घिमिरे र नुवाकोटका २८ वर्षीय चन्द्रमणि मुडबरी रहेका छन् । मृतक घिमिरे कृषि पत्रकार थिए । स्रोतका अनुसार पत्रकार घिमिरे मोटरसाइकलमा सवार [&hellip;]</p>

काठमाडौं । आइतबार अपरान्ह सानेपाको नयाँ बाटोमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । मोटरसाइकलमा सवार दुई जना पत्रकारको सनाखत मृत्यु भएको जनाईएको छ ।

मृत्यु हुनेमा ललितपुरका ४० वर्षीय गोबिन्द घिमिरे र नुवाकोटका २८ वर्षीय चन्द्रमणि मुडबरी रहेका छन् । मृतक घिमिरे कृषि पत्रकार थिए ।

स्रोतका अनुसार पत्रकार घिमिरे मोटरसाइकलमा सवार रहेका थिए । शुरुमा विपरित दिशाबाट आएका दुई जीप ठोक्किएर अनियन्त्रित भएको र उक्त अनियन्त्रित जीपमा अर्को एउटा जीप र मोटरसाइकल आएर ठोक्किन पुगेको स्रोतले जनाएको छ ।

Share News