काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला ४ सय रुपैयाँ बढेको छ । शुक्रबार प्रतितोला ६१ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला ६१ हजार ५ सय रुपैयाँमा विक्री भईरहेको छ ।

त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा विक्री भएको थियो भने आइतबार प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी प्रतितोला ७ सय १० रुपैयाँका कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।