भीओआइपी सञ्चालन गर्ने अन्सारी पक्राउ, सीआईबी अनुसन्धान गर्दै

<p>काठमाडौँ । दूर सञ्चार प्रणालीमा हानी हुने अन्तर्राष्ट्रिय कल बाइपास(भीओआइपी) सञ्चालन गर्ने भारत सोनौली घर भएका खुर्सेद अन्सारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सीआइबीको टोलीले रुपन्देही सिद्धार्थनगर स्थित मैनुद्दीन धुनियाको घरमा डेरा गरी बस्ने अन्सारीलाई भीओआइपी सञ्चालन गर्ने साधन सहित पक्राउ गरेको हो । पक्राउ परेका अन्सारीको [&hellip;]</p>


काठमाडौँ । दूर सञ्चार प्रणालीमा हानी हुने अन्तर्राष्ट्रिय कल बाइपास(भीओआइपी) सञ्चालन गर्ने भारत सोनौली घर भएका खुर्सेद अन्सारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सीआइबीको टोलीले रुपन्देही सिद्धार्थनगर स्थित मैनुद्दीन धुनियाको घरमा डेरा गरी बस्ने अन्सारीलाई भीओआइपी सञ्चालन गर्ने साधन सहित पक्राउ गरेको हो । पक्राउ परेका अन्सारीको दूर सञ्चार ऐन २०५३ अन्तरगत जिल्ला अदालत रुपन्देहीबाट म्याद लिई अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

अभियुक्त अन्सारीको साथबाट ल्यापटप, ल्यापटपको चार्जर, जेएससी लेखिएको एरियल, राउटर, एयरटेल फोरजी लेखिएको डिभाइस, टीपी लिंक लेखिएको सामाग्री, यूपीएस, चार्जर, तेह्र वटा सिमसहितको सोह्र वटा सिम लाग्ने पोट, सिम नभएको सोह्रवटा सिम लाग्ने पोट, केबल तार लगायतका सामाग्री बरामद भएको सीआईबीले जनाएको छ ।

नेपाली १३० र विदेशी ३७ जना पक्राउ
सीबीआई टोलीले अबैध भीओआइपी सञ्चालन गरिएको १०८ स्थानबाट १३० जना नेपाली र ३७ जना विदेशीलाई पक्राउ गरी कारवाही गरेको जनाएको छ । पक्राउ परेकाहरु बिरुद्ध ११ अर्ब ९१ करोड, १ लाख १६ हजार १ सय ६३ रुपैयाँ ६५ पैसाको बिगो माग दाबी सहित अदालतमा मुद्दा दायर गरिएको सीआईबीले जनाएको छ ।

Share News