काठमाडौं । नबिल म्युचुअल फण्डद्वारा सञ्चालित नबिल ब्यालेन्स फण्ड-२ को इकाई शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार सदर आवेदन गरेका सबैले उक्त फण्ड पाएका छन् ।
बिक्री प्रबन्धकका अनुसार कूल ३४ हजार १४१ आवेदकहरुले जम्मा १० करोड ४२ लाख २६ हजार ७३० इकाईका लागि आवेदन गरेका थिए । जसमध्ये ३३ हजार ०९८ आवेदकको आवेदन सदर भएको थियो भने बाँकी १०४३ जना आवेदकको आवेदनबाट हुन आउने जम्मा एक करोड दुई लाख ८६ हजार ७६० ईकाइ विभिन्न कारणले रद्द भएको छ ।
३३ हजार ०९८ आवेदकहरुबाट ९ कराेड ३९ लाख ३९ हजार ९७० भ्यालिड ईकाइका लागि आवेदन परेकोले सोहीअनुसार बाँडफाड गरिएको हो । यसरी बाँडफाड गर्दा योजनाको आकार एक अर्ब ११ करोड ९३ लाख ९९ हजार ७०० रुपैयाँ (बीजपूँजी समेत गरी) भएको बिक्री प्रबन्धकले जनाएकाे छ।
सो आकारलाई राउण्डअफ गरी योजना व्यवस्थापकले ६० हजार ०३० ईकाइ बीजपूँजीको रुपमा थप गरी योजनाको आकार एक अर्ब १२ करोड रुपैयाँ बनाई फण्ड बाँडफाँड गरेको बिक्री प्रबन्धकले जनाएको छ ।
यस फण्डले वैशाख ५ गतेदेखि जेठ ३ गतेसम्म सर्वसाधारणका लागि १० करोड २० लाख कित्ता इकाई बिक्री गरेको थियो ।
यस आयोजनाले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई मध्ये कोष प्रबर्द्धक नबिल बैंक लिमिटेडका लागि १ करोड ६८ लाख कित्ता ईकाई तथा योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई १२ लाख कित्ता इकाई सुरक्षित राखी बाँकी सर्वसाधारणलाई बिक्री गरेको थियो ।
फण्डमा साना लगानीकर्ताको आकर्षण रहेको नविल इन्भेष्टमेन्ट बैकिङका प्रमुख कार्यकारी अधिकृत सविरवादे श्रेष्ठले बताए । ‘साना लगानीकर्तालाई समेत समेट्दै देशको वृहत्तर आर्थिक विकासमा सघाउने फण्डको उद्देश्य रहेको छ,’ उनले भने ‘ हामी लगानीलाई रिक्स व्यवस्थापन गरेर पछिल्ला दिनमा विविधिकरण गछौं ।’