काठमाडौं । नेपालमा नाकाबन्दी लगाउने योजनाका ग्राण्ड डिजाइनर एस्. जयशंकरले भारतको संघीय मन्त्रीको रुपमा शपथ लिएका छन् ।
बिहीबार आयोजित भारतका प्रधानमन्त्री शपथ समारोहका क्रममा जयशंकरले छैटौं वरियताका मन्त्रीको रुपमा शपथ लिएका हुन् ।
तात्कालिन अवस्थामा विदेशसचिव रहेका जयशंकरले भारतीय प्रधानमन्त्रीको विशेष दुतको रुपमा नेपाल आएर संविधान जारी गर्नबाट रोक्न सबै नेताहरुलाई धम्की दिएका थिए । तर उनको योजना बमोजिम संविधान नरोकिएपछि उनकै योजनामा भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो ।
प्रधानमन्त्री मोदी लगायतले नेपाललाई नाकाबन्दी लगाउने निर्णय गलत भएको स्वीकारोक्ति व्यक्त गर्दैगर्दा जयशंकर भने अझैपनि सो निर्णय सही भएको दाबी गर्दै आएका छन् । उनै जयशंकरको शपथ समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् ।
शपथ लिएका जयशंकरलाई विदेश मन्त्रालयको जिम्मेबारी दिनसक्ने भारतीय सञ्चारमाध्यमहरुले अनुमान गरेका छन् ।