गोपनियताले नै लोकसेवा आयोग पवित्र छः अध्यक्ष मैनाली

<p>काठमाडौ । लोकसेवा आयोगले विषय विज्ञहरु मार्फत काम गर्ने शैली अपनाउदै आएकाले आफूहरुले परीक्षार्थीको विश्वास जित्दै आएको राज खोलेको छ । प्रश्न पत्र तयारीदेखी चेक जाँच गर्नेसम्म सधैँ अनुभवी व्यक्तीहरु लगाउनु आफ्नो मुख्य धर्म भएको आयोगले दाबी गरेको हो । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले भने-‘गोपनियता र पवित्रतामा केन्द्रीत भएर हामीले काम गर्छौ, जसले [&hellip;]</p>


काठमाडौ । लोकसेवा आयोगले विषय विज्ञहरु मार्फत काम गर्ने शैली अपनाउदै आएकाले आफूहरुले परीक्षार्थीको विश्वास जित्दै आएको राज खोलेको छ । प्रश्न पत्र तयारीदेखी चेक जाँच गर्नेसम्म सधैँ अनुभवी व्यक्तीहरु लगाउनु आफ्नो मुख्य धर्म भएको आयोगले दाबी गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले भने-‘गोपनियता र पवित्रतामा केन्द्रीत भएर हामीले काम गर्छौ, जसले गर्दा संस्थानदेखी सुरक्षा निकायसम्मले हामीलाई विश्वास गर्छन् ।’ अध्यक्ष मैनालीले वर्षमा २ पटक मात्र परीक्षा लिने संस्थाहरु समेत विवादमा फस्ने गरेको उदाहरण पेश गरे । उनले पुरातन शैलीबाट मात्र नभई मुद्दा छनोटदेखी इन बास्केट एक्सरसाईजसम्म क्रमशः राजपत्राङ्कीत प्रथम र द्धितिय श्रेणीमा अभ्यास भईरहेको जनाए ।

बिहीबार राजधानीको अनामनगरस्थित लोकसेवा आयोगको भवनमा आयोजित पत्रकार भेटघाटमा सार्क राष्ट्रमै नेपालको परीक्षा प्रणाली अग्रणी रहेको बताईयो । लोकसेवा आयोगले नेपाल सरकार मन्त्रीपरिषदको यही जेठ ६ गतेको नीतिगत व्यवस्थाका आधारमा जेठ १५ गते ९ हजार १ सय ६१ पदमा खुला प्रतियोगिताको लागि विज्ञापन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जम्मा ५ सय १५ स्थानीय तहको कुल १३ हजार ६ सय ४५ पदको लागि अनुरोध गरेको थियो । सो मध्येमा कानुन बमोजिम प्रतिशत निर्धारण गरी बढुवाको लागि जम्मा ४ हजार ४ सय ४८ पद छुट्याईएको हो । बढुवाका लागि छुट्याईएका पदहरुको कानुन बमोजिम पदपूर्ति हुने व्यवस्था छ । आयोगबाट लिईने परीक्षामा जस्तै उम्मेदवारले अनलाईनबाट दस्तुर बुझाउन तथा फारम भर्न सक्ने छन् ।

आयोगको कार्यालय रहेका १४ स्थान र जलेश्वर कार्यालयको विज्ञापनको लाहान र विरगंज तथा सुर्खेत कार्यालयको विज्ञापनको डोल्पा र हुम्ला जिल्ला सदरमुकाममा समेत परीक्षा संचालन गर्ने व्यवस्था गरिएको छ । आयोगले वि.स. २००८ सालमास्थापना भएदेखी नै नेपाल सरकारका विभिन्न निकायहरुको पदपूर्तिको लागि प्रतियोगितात्मक परीक्षा लिँदै आएको छ ।

यस्तै, नियुक्तीको लागि सिफारीस गर्ने, कर्मचारी सेवा शर्त, नियुक्ती, बढुवा तथा विभागीय कारबाही सम्बन्धी कानून निर्माण तथा संसोधनमा परामर्श दिने लगायतका कार्य गर्दै आएको पाईन्छ ।

Share News