काठमाडौं । नेपाल खाद्य संस्थानको माइतीघरमा रहेको जग्गा ५० लाख रुपैंया प्रतिआनाको दरमा बिक्री गरिएको छ । संस्थानको उक्त स्थानमा रहेको कित्ता नम्बर २३९७ को ६२–१–३–१ क्षेत्रफलको जग्गामध्ये १५ रोपनी जग्गा प्रतिआना ५० लाख रुपैंयाको दरमा महानगरीय प्रहरी परिसरलाई बिक्री गर्न मन्त्रीपरिषदले स्वीकृत दिएको हो ।
त्यस्तै नेशनल ट्रेडिङको टेकुमा रहेको ९ रोपनी जग्गा महानगरीय अपराध अनुसन्धान महाशाखालाई रजिष्ट्रेशन पास गरिदिने निर्णय समेत मन्त्रीपरिषद्ले गरेको छ ।