आयकरको सीमा व्यक्तिलाई चार लाख र दम्पत्तीलाई साढे चार लाख

<p>काठमाडाैं । सरकारले प्रत्यक्ष करतर्फको आयकर छुटको सीमालाई वृद्धि गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले आयकर छुटको सीमा बढाएर व्यक्तिका लागि चार लाख रुपैयाँ र दम्पत्तीका लागि साढे चार लाख पुर्याएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आज बजेट प्रस्तुत गर्दै प्रत्यक्ष करतर्फ आयकर छुटको सीमा बढाएका हुन् । चालु आवमा व्यक्तिगत तर्फको [&hellip;]</p>

काठमाडाैं । सरकारले प्रत्यक्ष करतर्फको आयकर छुटको सीमालाई वृद्धि गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले आयकर छुटको सीमा बढाएर व्यक्तिका लागि चार लाख रुपैयाँ र दम्पत्तीका लागि साढे चार लाख पुर्याएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आज बजेट प्रस्तुत गर्दै प्रत्यक्ष करतर्फ आयकर छुटको सीमा बढाएका हुन् ।

चालु आवमा व्यक्तिगत तर्फको आयकरमा अविवाहितले साढे तीन र विवाहितले चार लाख रुपैयाँसम्म छुट पाउँदै आएका छन् । उक्त सीमासम्म आयआर्जन गर्ने प्राकृतिक व्यक्तिले एक प्रतिशतमात्र कर तिरे पुग्छ । गतवर्षदेखि सरकारले आयकरको व्यवस्था परिवर्तन गरेको हो ।

न्यूनतम सीमाभित्र रहेर प्राकृतिक व्यक्तिले आर्जन गर्ने आयमा १ प्रतिशत कर लाग्छ । आयकरतर्फको करयोग्य आयमा भने अद्यावद्यिक सीमालाई नै निरन्तरता दिइएको छ । अहिले आम्दानी अनुसार एक प्रतिशतभन्दा माथि करयोग्य आयमा १० देखि ३६ प्रतिशतसम्म कर लाग्दै आएको छ ।

Share News