विकासन्युजको सम्पादकमा मेनुका कार्की

<p>काठमाडौं । विकासन्युज डटकमको सम्पादकमा मेनुका कार्की नियुक्त भएकी छिन् । उनले जेठ १५ गतेबाट जिम्मेवारी सम्हालेकी छिन् । समाजशास्त्रमा स्नाकोत्तर, अर्थशास्त्र र गणितमा स्नातकसम्मको औपचारिक शिक्षा हासिल गरेकी कार्कीसँग नागरिक न्यूज, अन्नपूर्ण पोष्ट, अभियान लगायत विभिन्न मिडियामा डेढ दशकभन्दा बढी अवधि पत्रकारिता गरेको अनुभव छ । कार्कीले विकासन्युजमा राम्रो टिम रहेको र त्यो टिमको [&hellip;]</p>

काठमाडौं । विकासन्युज डटकमको सम्पादकमा मेनुका कार्की नियुक्त भएकी छिन् । उनले जेठ १५ गतेबाट जिम्मेवारी सम्हालेकी छिन् ।

समाजशास्त्रमा स्नाकोत्तर, अर्थशास्त्र र गणितमा स्नातकसम्मको औपचारिक शिक्षा हासिल गरेकी कार्कीसँग नागरिक न्यूज, अन्नपूर्ण पोष्ट, अभियान लगायत विभिन्न मिडियामा डेढ दशकभन्दा बढी अवधि पत्रकारिता गरेको अनुभव छ ।

कार्कीले विकासन्युजमा राम्रो टिम रहेको र त्यो टिमको सहयोगमा यस मिडियालाई अझ प्रभावकारी बनाउन सकिने विश्वास आफूले लिएको बताइन् । ‘मैले हासिल गरेको ज्ञान र अनुभवले विकासन्युजलाई थप गति दिन सक्छु भन्ने विश्वास छ । तपाईहरु सबैको सहयोगको अपेक्षा गरेको छु’ उनले भनिन् ।

सम्पादक कार्कीकाे नेतृत्वमा विकासन्युजले नयाँ उचाई प्राप्त गर्ने विश्वास विकास मिडियाले लिएको छ । ‘विकासन्युजको पाठक, यसको नेटवर्क, उपस्थिति, प्रभाव लगायत हरेक सूचाङ्कहरुको वृद्धिदर राम्रो छ । यो वृद्धिदरलाई अझ उच्च बनाउन नयाँ सम्पादकको नेतृत्व सफल रहने विश्वास लिएको छु’ विकास मिडियाका प्रबन्ध निर्देशक रामकृष्ण पौडेलले भने ।

Share News