अन्तिम नतिजा नआउँदै प्रधानमन्त्री ओलीले दिए मोदीलाई बधाई

<p>काठमाडौँ । भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम आइसकेको छैन । प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी र उसका सहयोगी दलको राष्ट्रिय गठबन्धनले स्पष्ट बहुमत हासिल गर्ने निश्चित भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई २०१९ को लोकसभा निर्वाचनमा विजय प्राप्त गरेकोमा बधाई दिएका छन् । उनले अपराह्न १२ बजेर ३८ मिनेट जाँदा ट्विट गर्दै बधाई [&hellip;]</p>

फाइल फोटो

काठमाडौँ । भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम आइसकेको छैन । प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी र उसका सहयोगी दलको राष्ट्रिय गठबन्धनले स्पष्ट बहुमत हासिल गर्ने निश्चित भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई २०१९ को लोकसभा निर्वाचनमा विजय प्राप्त गरेकोमा बधाई दिएका छन् ।

उनले अपराह्न १२ बजेर ३८ मिनेट जाँदा ट्विट गर्दै बधाई सन्देश दिएका हुन् । अबपनि सफलता मिल्ने आशा गर्दै आफूले उहाँसंँग निकट रही काम गर्ने इच्छासमेत व्यक्त गरे । कूल ५४२ संसदीय क्षेत्रमा मोदीको दल भारतीय जनता पार्टी र उसका सहयोगी दलको राष्ट्रिय गठबन्धनले स्पष्ट बहुमत हासिल गर्ने देखिएको छ । आजसाँझसम्म अन्तिम नतिजा आउने जनाइएको छ ।

Share News