
काठमाडौँ । भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रम गुठीचौर जुम्लाको नाममा रहेको ५९० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्नेहरुलाई ७ दिन भित्र हाजिर हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना जारी गरेको छ ।
आयोगले बिहीबार सूचना प्रकाशित गरी स्थानीय ११ जनालाई हाजिर हुन भनेको हो । आयोगले हाजिर हुन बोलाएकाहरुमा कविदत्त न्यौपाने, गोमा न्यौपाने, पार्वती न्यौपाने, केशवराज न्यौपाने, नवऋषि न्यौपाने, देवेन्द्रप्रसाद उपाध्याय, विष्णुऋषि शर्मा न्यौपाने, विष्णुलाल न्यौपाने, विष्णु न्यौपाने, मायालाल न्यौपाने र जानकीदत्त देवकोटा रहेका छन् ।
आयोगले यी व्यक्तिहरुलाई ७ दिन भित्र आयोगको अनुसन्धान महाशाखा नम्बर २ मा सम्पर्क गर्न सूचित गरेको जनाएको छ ।
