फोहोरका नीति नगरवासीले पनि पालना गर्नु पर्ने, विज्ञको सल्लाह सहित अगाडी बढ्ने – प्रमुख शाक्य

<p>काठमाडौं । महानगरपालिकाको स्थानियले फोहोरमेला व्यवस्थापन घर घरबाट गर्नु पर्ने निष्कर्ष निस्किएको छ । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षमा कर्मचारी मात्र नभई सर्वसाधारणले नीति नियम लागु गर्नु पर्ने महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य बताएका छन् । फोहोर व्यवस्थापन गर्न विज्ञहरुको सहयोग सल्लाहकाे आवश्यक रहेको प्रमुख शाक्यकाे भनाई रहेकाे छ । काठमाडौं महानगरपालिकाको आयोजनामा भएको फोहोरमैला जलवायु परिवर्तनले [&hellip;]</p>

काठमाडौं । महानगरपालिकाको स्थानियले फोहोरमेला व्यवस्थापन घर घरबाट गर्नु पर्ने निष्कर्ष निस्किएको छ । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षमा कर्मचारी मात्र नभई सर्वसाधारणले नीति नियम लागु गर्नु पर्ने महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य बताएका छन् । फोहोर व्यवस्थापन गर्न विज्ञहरुको सहयोग सल्लाहकाे आवश्यक रहेको प्रमुख शाक्यकाे भनाई रहेकाे छ ।

काठमाडौं महानगरपालिकाको आयोजनामा भएको फोहोरमैला जलवायु परिवर्तनले पार्ने प्रभाव सम्बन्धी विषय भएको कार्यशाला गोष्ठीमा १२ महिनामा भित्रमा काठमाडौं महानगरपालिकाको हरेक सडक किनारमा फुलाउने जानकारी दिएका छन् । पूर्व वातावरणमन्त्री गणेश शाहको उपस्थिति रहेको उक्त कार्यक्रम जमलस्थित यल्लो प्यागोडामा भएको हो । सो छलफल कार्यक्रममा वातावरण विद् भुषण तुलाधरले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै ‘फोहोर व्यवस्थापन गर्न हप्ताको एक पटक सफा गर्नु निराकरणको हुने उपाय होइन ।’ उनले भने । फोहारबाटै ६० प्रतिशत कम्पोष्ट मल बनाउन सकिने, ३० प्रतिशत कवाडी सामानमा जाने र १० प्रतिशत मात्र प्रयोग नहुने सामाग्री हुने तुलाधरले बताए ।

सो कार्यक्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गीले प्रत्येक घरबाट दुई विरुवा रोप्ने र दुई डस्बिनको प्रयोग अगाडी सार्नु पर्ने बताइन् । त्यस्तै फोहोरमैला व्यवस्थापन महासंघका प्रमुख धनप्रसाद आचार्यले यस सम्बन्धी नीति भएपनि हालसम्म कुनै बाटो नभएको बताउँदै महानगरको पोलिसी स्पष्ट ल्याउनु पर्ने र गोल्वल टेन्डर एवं फोहोर छुट्याउने हल निर्माण नीति लागु गर्नु पर्ने उनको भनाई छ । कार्यक्रममा मार्फत पूर्ववातावरण मन्त्री गणेश शाहले प्रदुषणमा कर बढाए पनि यस क्षेत्रमा लगानी तथा सुधार नभएको बताए ।

कार्यशैली प्रस्तुत गर्न क्रममा लामो समयदेखि यसै क्षेत्रका बारेमा अध्ययन तथा अनुसन्धान गर्दै आएका दिपेन्द्रबहादुर ओलीले वातावरण महासंघ र महानगरपालिकाको दुविधा अझै रहेको जानकारी गराउँदै कुन निकायले के काम गर्ने भन्ने कुरा बुझि हरेक नीति नियमलाई अवलम्बन गरि अगाडी बढ्नु पर्ने बताए । उक्त कार्यक्रममा फोहोर व्यवस्थापन गर्ने विभिन्न सरकारी निकाय तथा गैर सरकारी निकायका प्रतिनिधि एवंम काठमाडौं महानगरपालिकाका तथा नगरपालिकाका अध्यक्ष र प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Share News