४ वटा ठेकेदार कम्पनी कालोसूचीमा पर्दै, ‘ठेक्का तोडिने’

<p>काठमाडौँ । उर्जा , जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तरगत जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर २ जलेश्वर महोत्तरीले ४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ ।कार्यालयले बुधबार सूचना प्रकाशित गर्दै ठेक्का सम्झौता तोडी कालोसूचीमा किन नराख्ने भन्ने सम्बन्धमा ७ दिन भित्र स्पष्टिकरण पेश गर्न पनि भनेको छ । कार्यालयको ठेक्कापट्टामा संलग्न भई तोकिएको मितिभित्र [&hellip;]</p>

काठमाडौँ । उर्जा , जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तरगत जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर २ जलेश्वर महोत्तरीले ४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ ।कार्यालयले बुधबार सूचना प्रकाशित गर्दै ठेक्का सम्झौता तोडी कालोसूचीमा किन नराख्ने भन्ने सम्बन्धमा ७ दिन भित्र स्पष्टिकरण पेश गर्न पनि भनेको छ ।

कार्यालयको ठेक्कापट्टामा संलग्न भई तोकिएको मितिभित्र काम सम्पन्न नगरेका र विभिन्न मितिमा ठेक्काको म्याद थप भई कार्य सम्पन्न गर्न लिखित ताकेता, सम्पर्क, समन्वय र निर्देशन दिंदा समेत लापरवाही गर्ने ठेकेदारहरुलाई किन कारवाही नगर्ने ? सूचनामा उल्लेख छ ।

७ दिन भित्र कार्यालयमा उपस्थित नभएमा र स्पष्टिकरण मुनासिव नदिएमा सम्झौताको शर्त अनुसार एवम् सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(७) अनुसार ठेक्का तोड्ने, कालोसूचीमा राख्ने र जमानत रकम जफल गरी बाँकी काम गर्न लाग्ने खर्च समेत असुल गरिने सूचनामा उल्लेख छ ।

यसरी कालोसूचीमा राख्न लागिएका ठेकेदार कम्पनीमा धनगढीको आशिष कन्स्ट्रक्सन, काठमाडौँको सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन, हिमांशु/लोकस देव जेभी र महोत्तरीको शिवमहिमा कन्स्ट्रक्सन प्रालि रहेका छन् ।

Share News