काठमाडौं । मल्टी ब्राण्ड इलेक्ट्रोनिक रिटेल चेन स्वीच अनले जेष्ठ १ गतेदेखि ३ गतेसम्म आयोजना भएकाे पहिलो पटक फ्रन्चाईज मिट सम्पन्न भएकाे छ । सामसुङ, हिमस्टार, बजाज, अहुजा, टाईमेक्स, ओस्राम जस्ता विश्वस्तरीय उत्कृष्ट ब्राण्डहरु रहेको स्थापित स्वीच अन इलेक्ट्रोनिक आवश्यकतालाई पूरा गर्दै आएको छ ।

देशभरका फ्रन्चाईजी पार्टनरहरुले स्वीच अनको तीन दिने फ्रन्चाईज मिटमा सहभागिता जनाएका छन् । यस फ्रन्चाईज मिटले फ्रन्चाईजी पार्टनरहरुलाई प्रतिस्पर्धात्मक लाभहरु लिन मद्दत पुग्ने विश्वास गरिएको छ । फ्रन्चाईज मिटमा सम्बोधन गर्दै स्वीच अनकी म्यानेजिङ डाइरेक्टर शिमा गोल्छाले भने “स्वीच अनले साना खुद्रा विक्रेतालाई प्रवद्र्धन गरेर स्वदेशी तथा विदेशी ब्राण्डको हिस्सा बन्न अवसर प्रदान गर्दछ ।” स्वीच अन देशभर रहेको आउटलेटमा पारदर्शिता, एकरुपता तथा स्थिरतामा गर्व गर्दछ ।
म्यानेजर माधब मल्लले स्वीच अन सदैव ग्राहकहरुको सन्तुष्टिलाई मध्यनजर गर्दै उनीहरुलाई अन्तर्राष्ट्रिय गुणस्तर तथा विश्वका उत्कृष्ट उत्पादनहरु सुपथ मुल्यमा प्रदान गर्न केन्द्रित रहेको बताए । स्वीच अनका देशभर २२ वटा फ्रन्चाईज पार्टनरहरु रहेका छन् जसमार्फत टिभी, रेफ्रिजेरेटर, वासिंग मेसिन, कुलर, एलईडी लाईट, स्पीकर, घडी जस्ता घरयासी सामग्रहरु बिक्री बितरण गर्दै आईरहेको छ ।