पशुपति धर्मशालानै अब स्टार होटलजस्ताे, यस्ता अत्याधुनिक सुविधाहरू

<p>काठमाडौं । पशुपति कोषले खुला प्रतिस्पर्धाकाे रुपमा टेंडर गर्दा होटेल आनन्दले १० वर्षको भाडामा संचालन गर्ने भएको छ । गत भदौंमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट संयुक्तरुपमा उद्घाटन गरिएको पशुपति तिलगंगास्थित नेपाल भारत मैत्री उक्त धर्मशाला सञ्चालनका लागि होटेलले वार्षिक १ करोड ५ लाख ४१ हजार ६ सय १८ रुपैयाँमा [&hellip;]</p>

काठमाडौं । पशुपति कोषले खुला प्रतिस्पर्धाकाे रुपमा टेंडर गर्दा होटेल आनन्दले १० वर्षको भाडामा संचालन गर्ने भएको छ । गत भदौंमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट संयुक्तरुपमा उद्घाटन गरिएको पशुपति तिलगंगास्थित नेपाल भारत मैत्री उक्त धर्मशाला सञ्चालनका लागि होटेलले वार्षिक १ करोड ५ लाख ४१ हजार ६ सय १८ रुपैयाँमा संचालन र व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ ।


१९ रोपनी क्षेत्रफलमा ८० कोठा भएको उक्त भवनको कोठाहरु सुविधा सम्पन्न गरि सञ्चालन गर्न ७ करोड लाग्ने संचालक ओस्कार बतास बताए । सम्पूर्ण कानुनी विधि प्रक्रिया पूरा गरि प्रतिस्पर्धात्मक रुपमा दिलै भए पनि धर्मशाला भवन हस्तान्तरण भएको बताए । वार्षिक धर्मशाला संचालन गर्दा ५ प्रतिशत रकम सामाजिक सेवामा लगाउनु पर्ने र शुद्ध साकाहरी भोजन मात्र र मादक पदार्थ बिक्री गर्न नपाईने शर्त रहेको पशुपति विकास कोषका सदस्य सचिव डा. प्रदिप पौडेल बताए ।


उक्त धर्मशाला भवन संचालन गर्न कम्तिमा १४४ जनालाई रोजगारी दिने प्रतिव्यक्ति ३५० रुपैयाँ देखि बढीमा ३ हजार ९सय ९९ लाग्ने र करार अवधी समाप्ति सम्ममा कोसलाई कम्तिमा २१ करोड भाडा भुक्तानी हुने र आउदो दशैं सम्ममा संचालन हुने योजना संचालक ओस्कार बतासको रहेको छ ।

Share News