काठमाडौं । शुक्रबार सुनकाे मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ६० हजार २ सय रुपैयाँमा बिक्री वितरण भईरहेको छ ।

त्यस्तै बिहीबार तेजावी सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँ कारोबार भएको थियो भने शुक्रबार ५ सय रुपैयाँ घटेर ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी १० रुपैयाँ घटेर ७ सय १५ रुपैयाँमा विक्रि वितरण भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।