वैदेशिक रोजगारीमा जान सीप र भाषा अनिवार्य

<p>काठमाडौं । वैदेशिक रोजगारीमा जाने सोचमा हुनुहुन्छ रु हो भने पहिला जुन काममा जाने हो त्यसबारे सीप सिक्नूस्। विगतमा जस्तो सीप सिक्नु भएको छैन भने अबदेखि तपाईको वैदेशिक रोजगारीको यात्रा रोकिन पनि सक्छ। वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेश पस्ने हरेक युवायुवतीका लागि सीप र भाषा अनिवार्य गर्न लागेको छ। बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले [&hellip;]</p>


काठमाडौं । वैदेशिक रोजगारीमा जाने सोचमा हुनुहुन्छ रु हो भने पहिला जुन काममा जाने हो त्यसबारे सीप सिक्नूस्। विगतमा जस्तो सीप सिक्नु भएको छैन भने अबदेखि तपाईको वैदेशिक रोजगारीको यात्रा रोकिन पनि सक्छ। वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेश पस्ने हरेक युवायुवतीका लागि सीप र भाषा अनिवार्य गर्न लागेको छ।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले सीप र भाषालाई अनिवार्य गर्न पूर्वप्रस्थान अभिमुखीकरण तालिमको पाठ्यक्रम संशोधन गर्ने अन्तिम तयारी भइरहेको बताए। हाल वैदेशिक रोजगारीमा जाने युवामा अदक्षको वर्चस्व रहँदै आएको छ।

श्रेष्ठले वैदेशिक रोजगारीमा जानुअघि कुन काममा जाने हो त्यसको सीप परीक्षण हुने र सम्बन्धित देशमा बोलिने आधारभूत भाषाको ज्ञान चाहिने बताए। विगतमा वैदेशिक रोजगारीमा जाने युवालाई १० घन्टा पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिइने गरे पनि अब त्यसलाई बढाएर १८ घन्टा बनाइएको उनले बताए। आजको नागरिक दैनिकमा समाचार छ ।

Share News