काठमाडौंको कालोपुलमा युवतीमाथि आफ्नै श्रीमानले गरे एसिड प्रहार, अवस्था गम्भिर

<p>काठमाडौं। कालोपुलमा युवती माथि बुधबार राति एसिड प्रहार भएको छ। कालोपुल नजिकै डेरा गरेर बस्ने दोलखाकी २० वर्षीय युवती माथि उनकै श्रीमान काभ्रे दाप्चा फुलबारिका २८ वर्षीय बिष्णु भुजेलले एसिड प्रहार गरेर भागेका थिए। उनलाई प्रहरीले बुधबार राति काँडाघारीबाट पक्राउ गरेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताए। उनको अनुसार युवतीको अवस्था गम्भिर छ। उनलाई ओम अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचरको [&hellip;]</p>

काठमाडौं। कालोपुलमा युवती माथि बुधबार राति एसिड प्रहार भएको छ।

कालोपुल नजिकै डेरा गरेर बस्ने दोलखाकी २० वर्षीय युवती माथि उनकै श्रीमान काभ्रे दाप्चा फुलबारिका २८ वर्षीय बिष्णु भुजेलले एसिड प्रहार गरेर भागेका थिए।

उनलाई प्रहरीले बुधबार राति काँडाघारीबाट पक्राउ गरेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताए। उनको अनुसार युवतीको अवस्था गम्भिर छ। उनलाई ओम अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचरको लागि किर्तिपुर मोडल अस्पताल रिफर गरिएको थियो। रासस

Share News