काठमाडौं । वसन्त ऋतु लागेसँगै सगरमाथा आरोहण गर्नेको संख्या बढेको छ । सगरमाथा आरोहण गर्नेको संख्या वर्सेनी बढ्ने क्रममा जारी रहेको छ । यस वर्ष हालसम्म कै सबैभन्दा बढी आरोहीले अनुमति लिएको संख्या रहेको छ । यस भन्दा अगाडी २०१७ मा ३७२ जनाले अनुमति लिएको पर्यटन विभागले जानकारी गराएको छ ।

विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्यका साथ वर्षेनी धेरै मानिस आउने गर्दछन् जसमा केहि मानिस सफलता प्राप्त गरेर फर्कन्छन् त कोही हिउँमा पुरिएर मृत्यु हुन्छन् । सगरमाथा मात्र नभई अन्य हिमालको आरोहण एवं अध्ययन गर्नेको संख्या पछिलो समय बढ्दै गएको छ । हिमनदि पग्लिएसँगै सगरमाथा आरोहणकोका हिमनदी पग्लिएसँगै सगरमाथामा हिउँले पुरिने सम्भावना बढिरहने छ ।
आरोही व्यवस्थापन
सगरमाथा क्षेत्रमा आरोही र सहयोगी बस्ने शिविरहरु कुन कुन स्थानमा राख्ने हो त्यसलाई छुट्याउने कार्य भएको पर्यटन विभागले जनाउँँदै सगरमाथा सफाई अभियान हुँदै गरेको र त्यसबाट पनि आरोहीलाई सहज हुने जानकारी दिए । जेष्ठ १५ गतेसम्म हुने उक्त सफाई अभियानले आरोहण प्रक्रियामा सहजता कार्य गर्ने विभागको भनाई रहेको छ ।
सगरमाथा आरोहणलाई सहज बनाउनका लागि नेपाली सेनाले २ वटा हेलिकप्टर संचालनमा ल्याएको छ । उक्त हेलिकप्टर आपतकालिन अवस्था बाहेक अन्य समयमा आधार शिविर भन्दा माथि जाँदैनन् । आरोहणको व्यवस्थापन बारेमा अनुगमन गरि सहयोग गर्नका लागि पर्यटन विभागले सगरमाथा क्षेत्रमा ३३ जना अधिकृत खटाएको जानकारी दिएको छ ।