काठमाडौं । सञ्चार माध्यमबाट सहकारी क्षेत्रमा भएका कार्यकाे सम्प्रेषण गति बढाउनु पर्ने भएको छ । राष्ट्रिय सहकारी महासंघ,पुल्चोकमा भएको उक्त कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवराज बडालले सैद्धान्तिक कुरालाई व्यवहारिक तिर अगाडी लैजानका लागि पत्रकारले सहकारी क्षेत्रका हरेक विषय वस्तुलाई मध्यनजर सहकारीका विषयमा समाचार लेख्नु पर्ने बताए ।

त्यस्तै राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष तथा ग्लोबल बार्डकी सदस्य ओमदेवी मल्लले सहकारी जति नै राम्रो काम गरेको भए पनि उचित स्थान नदिएको गुनासो गर्दै समाचार विकाउन हेडलाइन नकारात्मक राख्ने गरेका बताईन् ।
‘सहकारीमा सूचना सम्प्रेषण’ सम्बन्धी भएको छलफलमा सहकारी पत्रकार समाजका संस्थापक पत्रकार यादव हुमागाईले नेपालमा सहकारी पत्रकारिताको अवस्था बारेमा प्रस्ट पारेका थिए । सो कार्यक्रममा दास्रो आन्दोलन २०६३ पछि विस्तार भएको सहकारी पत्रकारिताले आज सम्म आईपुग्दा पनि पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनमा विस्तृत रुपमा प्रकाशन एवं प्रसारण हुन नसकेको कुरालाई पत्रकार हुमागाईले प्रस्ट पारे ।
राष्ट्रिय सहकारी महासंघको आयोजनामा सहकारी विभागको सहयोग तथा नेपाल सहकारी पत्रकार महासंघको संयोजकत्वमा भएको उक्त कार्यक्रममा नेपाल बचत क्रण केन्द्रिय संघ महासचिव तथा सहकारी महासंघको संयोजक चन्द्रप्रसाद ढकालको उपस्थितिमा भएको उक्त कार्यक्रममा सहकारी पत्रकार महासंघका अध्यक्ष खिलानाथ दाहालले स्वागत मन्तव्य राख्दै पत्रकारको संख्या बढ्दोदरमा रहे पनि मिडियामा सहकारीको गतिविधि नआएको जानकारी दिए ।
त्यस्तै सहकारी महासंघको महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्गले सहकारी सम्बन्धी ऐन अनुसार अबको दिनमा ग्रामिणमा विकासका कार्यक्रम अगाडी बढाउनु पर्ने जनाईन । छलफलबाट सहकारीलाई मात्र विट मानेर पत्रकारिता गर्नेको संख्या कमी रहेको र राष्ट्रिय स्तरका संघसंस्था, निकाय तथा सञ्चार रणनिति नभएको कारण सञ्चारमा पछाडी परिरहेको निष्कर्ष निस्किएको छ ।