काठमाडौं । नेशनल बैंकिङ ईन्ष्च्यिुटले ‘बैंकिङः आज र भोलि’ विषयमा शुक्रबार पोखरामा पहिलो पटक सम्मेलनको आयोजना गरेको छ ।
सम्मेलनमा बिभिन्न बैकिङ्ग प्रतिष्ठानका करिब १०० जना प्रतिनिधिहरुको सहभागिता भएको थियो । उक्त सम्मेलन नेपाल राष्ट्र बैंक, पोखरा प्रमुख डा. दिल्लीराम पोखरेल र नेशनल बैकिङ्ग ईन्ष्च्यिुटबाट सन्जीव सुब्बाले उद्घाटन गरेका हुन् ।
उक्त सम्मेलनमा पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण थापा र बंंैकिङ विशेषज्ञ अनलराज भट्टराइको पनि सहभागिता रहेको थियो । कार्यक्रममा पूर्व गभर्नर क्षेत्रीले बैंकिङ क्षेत्रमा नैतिकता र मार्गदर्शक सिद्धान्तहरुमा जोड दिएका थिए ।
त्यसैगरी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले वित्तीय प्रणाली र अर्थव्यवस्थामा बैंकहरुको भूमिकाबारे बोलेका थिए । त्यसैगरी बैंकिङ विशेषज्ञ अनलराज भट्टराईले एसएमई लोन, समस्या र सम्भावनाहरु बारे प्रस्तुति दिएका थिए ।