पुँजीगत खर्च सधैं कम

<p>काठमाडौं । पछिल्लो तीन आर्थिक वर्षयता लगातार उत्साहजनक आर्थिक वृद्धिदर हासिल भएको छ। यही मेसोमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दोहोरो अंकको आर्थिक वृद्धिदरको आधार तयार भएको घोषणा गरेको छ। सरकारका अनुसार आगामी चार वर्षभित्रै दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल हुनेछ। दोहोरो अकंकको आर्थिक वृद्धिदर भन्नाले १० प्रतिशत वा त्यसमाथि हो। आर्थिक वृद्धिदर [&hellip;]</p>

काठमाडौं । पछिल्लो तीन आर्थिक वर्षयता लगातार उत्साहजनक आर्थिक वृद्धिदर हासिल भएको छ। यही मेसोमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दोहोरो अंकको आर्थिक वृद्धिदरको आधार तयार भएको घोषणा गरेको छ। सरकारका अनुसार आगामी चार वर्षभित्रै दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल हुनेछ।

दोहोरो अकंकको आर्थिक वृद्धिदर भन्नाले १० प्रतिशत वा त्यसमाथि हो। आर्थिक वृद्धिदर ६.५ प्रतिशतभन्दा माथि भयो भने उच्च हासिल भएको मानिन्छ। भूकम्प र नाकाबन्दीका कारण आव ०७२/७३ मा ०.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको थियो। अघिल्लो वर्षको कमजोर आधारका कारण आव ०७३/७४ मा उच्च आर्थिक वृद्धिदर हासिल भएको हो। औद्योगिक उत्पादनमा सुधार, अनुकूल मौसमले कृषि उत्पादनमा बढोत्तरी, आयात वृद्धि र बढ्दो उपभोगले पछिल्ला दुई आर्थिक वर्षमा उत्साहजनक आर्थिक वृद्धिदर हासिल भएको हो।

अर्थशास्त्री डा.गोविन्द बहादुर थापाका अनुसार, सरकारले विकास खर्च कार्यान्वयन नगरी उच्च आर्थिक वृद्धिदरको आधार तयार नहुने बताउँछन्। आर्थिक वृद्धिदर र विकास खर्चको आयामबारे विश्लेषण गर्दै उनले भने, ‘विगतको तुलनामा निजी क्षेत्रले निर्वाध काम गर्न पाएको छ। त्यसले गर्दा आर्थिक वृद्धिदर उत्साहजनक देखिएको हो। यद्यपि, दिगो र उच्च आर्थिक वृद्धिदर हासिल गर्ने पर्याप्त आधार तयार भएको छैन।’ उनले निजी क्षेत्रले निर्वाध काम गर्न पाए ६ प्रतिशतको आर्थिक वृद्धि सहजै हासिल हुने उल्लेख गरे।

व्यापारको आयतन वृद्धि भएसँगै बढ्दो उपभोग, ऊर्जाको निर्वाध आपूर्तिसँगै औद्योगिक क्षमता उपयोगमा सुधार भएको छ। निर्माणका गतिविधि बढेका छन्। यही जगमा कृषि उत्पादनका लागि मनसुन अनुकूल भए आगामी दुई आर्थिक वर्षसम्म ६ प्रतिशतको आर्थिक वृद्धि सहजै हासिल हुने विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रक्षेपण गरिसकेका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

Share News