गोरखा ग्रुपले हाइड्रोमा लगानी गर्ने

<p>दाङ । बेलायती लाहुरेले स्थापना गरेको गोरखा ग्रुप प्रालिले लगानी विस्तार गर्दै हाइड्रोमा लगानी गर्ने भएको छ। २२ वर्षअघि दाङमा शिक्षा क्षेत्रमा लगानी गरी सुरु भएको यस ग्रुपले अहिले शिक्षा र स्वास्थ्यमा पनि लगानी विस्तार गरेको छ। ग्रुपको मंगलबार सकिएको वृहत भेलाले अबको लगानी कृषि/रिसोर्ट, हाइड्रो, पर्यटनमा गर्ने निर्णय गरेको छ। दाङको तुलसीपुरमा वृहत भेलाको [&hellip;]</p>

दाङ । बेलायती लाहुरेले स्थापना गरेको गोरखा ग्रुप प्रालिले लगानी विस्तार गर्दै हाइड्रोमा लगानी गर्ने भएको छ। २२ वर्षअघि दाङमा शिक्षा क्षेत्रमा लगानी गरी सुरु भएको यस ग्रुपले अहिले शिक्षा र स्वास्थ्यमा पनि लगानी विस्तार गरेको छ।

ग्रुपको मंगलबार सकिएको वृहत भेलाले अबको लगानी कृषि/रिसोर्ट, हाइड्रो, पर्यटनमा गर्ने निर्णय गरेको छ। दाङको तुलसीपुरमा वृहत भेलाको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो।

बजारको महत्त्व आवश्यकता र आपूर्ति अवस्था विश्लेषण गरेर कृषि क्षेत्रमा लगानी गर्ने निर्णय गरिएको छ। गु्रपका प्रमुख कार्यकारी अधिकृत नौलसिँह घर्तीले भने, ‘हाइड्रो र रिसोर्टमा पनि अब हाम्रो लगानी हुन्छ। घर्तीले हाइड्रोमा लगानी दाङ या जिल्ला बाहिर जहाँ पनि हुन सक्छ।’

दुई दशकदेखि दाङमा शिक्षा क्षेत्रमा लगानी गरिरहेको ग्रुप अन्तर्गत अहिले तुलसीपुर, घोराही र लमहीमा एक/एक उच्चमाध्यामिक विद्यालय, एक/एक स्नातक तहका क्याम्पस र घोराहीमा गोरखा अस्पताल सञ्चालन भइरहेका छन्।

पका संस्थापक तथा अध्यक्ष मानबहादुर बुढाले ग्रुपलाई अझ शसक्त र बलियो बनाउँदै गएको जानकारी दिए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

Share News