‘बालुवाटारको जग्गा बिक्रि हुनु र खुलामञ्च कब्जा हुनु राम्रो संकेत हैन’

<p>काठमाडौं । राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालले वर्षौदेखि भोगचलनमा रहेका जग्गा भोगकर्तालाई थाहै नहुने गरि अरुको नाममा दर्ता भएकोबारे छानबिन गरी अवैध जग्गा दर्ता खारेजीको माग गरेको छ । मञ्चले बुधबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो माग गरेको हो । मञ्चका निवर्तमान अध्यक्ष ल्यामबहादुर दर्जीले भने,‘भोगकर्तालाई थाहै नहुनेगरि अरुको नाममा दर्ता भएका छन् । [&hellip;]</p>


काठमाडौं । राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालले वर्षौदेखि भोगचलनमा रहेका जग्गा भोगकर्तालाई थाहै नहुने गरि अरुको नाममा दर्ता भएकोबारे छानबिन गरी अवैध जग्गा दर्ता खारेजीको माग गरेको छ ।

मञ्चले बुधबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो माग गरेको हो । मञ्चका निवर्तमान अध्यक्ष ल्यामबहादुर दर्जीले भने,‘भोगकर्तालाई थाहै नहुनेगरि अरुको नाममा दर्ता भएका छन् । जसले उठीवासको अवस्था सिर्जना गरेको छ । यसको छानबिन गरि अबैध रुपमा भएका जग्गा दर्ता खारेज गरिनुपर्छ । भोगकर्ताको नाममा त्यसको स्वामित्व दिनुपर्छ ।’

दर्जीले सबै खालका भूमि समस्या समाधान हुने गरी तीनवटै तहमा स्वतन्त्र र अधिकारसम्पन्न आयोग गठन गर्नुपर्ने र समूदायले बुझ्ने भाषामा नीति र योजना बनाई कार्यान्वयन गर्नुपर्ने माग राखे ।

मञ्चकी अध्यक्ष सरस्वती सुब्बाले भूमिमाथिको बेथिति सिर्जना गर्ने जोकोहीलाई पनि राज्यले कारवाहीको दायरामा ल्याई न्याय, सुशासन र समृद्धिको अभियान शुरु गर्नुपर्ने माग राखिन् । उनले भनिन्,‘देशैभरि भुमाफियाहरुको विरोधमा हामी जुटेका छौं । अहिलेपनि वर्षौदेखि खेतीपाती गर्नेहरुको स्वामित्वमा जमिन छैन् ।’

उनले आफूहरुले अहिले देशका ५९ वटा जिल्लामा सक्रियताका साथ काम गरिरहेको पनि जानकारी गराईन् । उनका अनुसार मञ्चले विभिन्न माग राखेर देशका ३२ वटा जिल्लाका विभिन्न मालपोत कार्यालयहरुमा आजमात्रै विरोध प्रदर्शन गरेको छ ।

मोही, बिर्ता, गुठीजस्ता समस्या समाधान हुनेगरि व्यवहारिक नीति र संरचना निर्माण गरिनुपर्ने, आवासबाहेकको जग्गा उपभोगको योजना अनुसार उपलब्ध गराउने नीति लिनु पर्ने पनि मञ्चको माग छ । मञ्चले बालुवाटारको जग्गा बिक्रि हुनु, राजधानीको खुलामञ्च कब्जा हुनु र यसमा उच्च तहको जिम्मेवार व्यक्ति र जनप्रतिनिधिको नै संलग्नता जोडिनु जटिल स्थितिको संकेत भनेको छ ।

Share News