काठमाडौं । सोमबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सोमबार ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै तेजावी सोमबारको ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन ४ सय रुपैयाँले बढेर सो मूल्यमा कारोबार भईरहेको छ । भने चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।