काठमाडौं । एनएमबि बैंकले १६५ करोड रुपैंया नाफा कमाएको छ । बैंकले चैत महिनासम्म कुल १ अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैंया खुद मुनाफा कमाएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा करिब २० प्रतिशतले बढी हो ।
९ अर्ब ६१ करोड रुपैंया चुक्ता पुँजी भई ९४ अर्ब ७६ करोड रुपैंया निक्षेप तथा ८९ अर्ब ८३ करोड रुपैंया कर्जा प्रवाह गरेको बैंकको सीसीडी रेसियो ७७.८३ प्रतिशत रहेको बैंकले जनाएको छ ।
बैंकले एक वर्षको अवधिमा खुद ब्याज आम्दानीलाई २ अर्ब ५ करोड रुपैंयाबाट बढाएर ३ अर्ब ९ करोड रुपैंया पुर्याउँदा गैरब्याज आम्दानी ५९ करोडबाट ६४ करोड रुपैंया पुर्याएको छ । आम्दानीको दाँजोमा सञ्चालन खर्च समेत उच्च दरमा बढ्दा बैंकको नाफाको वृद्धिदर भने कम देखिएको छ ।
बैंकले अघिल्लो वर्षको चैतमा रहेको १०.९२ प्रतिशत रहेको आधार ब्याजदरलाई ९.९५ प्रतिशतमा झारेको छ । तर बैंकको कस्ट अफ फण्ड भने ७.४१ प्रतिशतबाट ७.२५ प्रतिशमा मात्रै झरको छ । बैंकले आधारदर घटाउन सफल भएसँगै ब्याजदरको स्प्रेड ३.१६ प्रतिशतबाट ४.३३ प्रतिशत कायम भएको छ ।