पुनर्बीमाको प्राविधिक पक्ष र वर्तमान अवस्थाबारे पोखरामा ५ दिने कार्यशाला

<p>पोखरा । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले जेवि वोडा रिइन्स्योरेन्स व्रोकर भारतको सहकार्यमा शनिवारदेखि ५ दिने पुनर्बीमाको प्राविधिक पक्ष र वर्तमान अवस्था विषयमा आवासीय सेमिनार आयोजना गरेको छ । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईँ तथा पुनर्बीमा कम्पनीका अध्यक्ष महेशकुमार गुरागाईँले पोखरामा सेमिनारको संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईँले बीमा क्षेत्रले फड्को मार्दै [&hellip;]</p>


पोखरा । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले जेवि वोडा रिइन्स्योरेन्स व्रोकर भारतको सहकार्यमा शनिवारदेखि ५ दिने पुनर्बीमाको प्राविधिक पक्ष र वर्तमान अवस्था विषयमा आवासीय सेमिनार आयोजना गरेको छ ।

बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईँ तथा पुनर्बीमा कम्पनीका अध्यक्ष महेशकुमार गुरागाईँले पोखरामा सेमिनारको संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईँले बीमा क्षेत्रले फड्को मार्दै गएको र आगामी केही वर्षमा उल्लेख्य जनताहरु बीमासंग जोडिने वताए ।

त्यसैगरि कम्पनीका अध्यक्ष गुरागाईँले बीमाक्षेत्रको समस्याहरु पहिचान गरी सो समस्यालाई समाधन गर्न बीमा समितिले नियामक निकायको हैसियतले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने बताए ।

उक्त सेमिनारमा अन्तर्राष्ट्यि स्तरका प्रशिक्षक रहेको र नेपालका सम्पूर्ण निर्जीवन बीमा कम्पनी, बीमा समितिका प्रतिनिधिको सहभागिता छ ।

Share News