बेरुजुको नाममा टानको ६० करोड रोक्का

<p>काठमाडौं । नेपाल पर्यटन बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को बेरुजु फछ्र्योट गर्न आलटाल गरेको छ। टानले पटक-पटक बेरुजु फछ्र्योटका लागि आवश्यक कागजातसहित बोर्डमा गए पनि आलटाल गरेको स्रोतको भनाइ छ। टानको अघिल्लो दुई कार्यसमितिको फरक–फरक बेरुजुमा एक करोड ८८ लाख र अर्को एक करोड २५ लाख गरी जम्मा तीन करोड १३ लाख रुपैयाँ [&hellip;]</p>

काठमाडौं । नेपाल पर्यटन बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को बेरुजु फछ्र्योट गर्न आलटाल गरेको छ। टानले पटक-पटक बेरुजु फछ्र्योटका लागि आवश्यक कागजातसहित बोर्डमा गए पनि आलटाल गरेको स्रोतको भनाइ छ।

टानको अघिल्लो दुई कार्यसमितिको फरक–फरक बेरुजुमा एक करोड ८८ लाख र अर्को एक करोड २५ लाख गरी जम्मा तीन करोड १३ लाख रुपैयाँ पर्यटन बोर्डमा बेरुजु छ। उक्त बेरुजु फछ्र्योट हुन नसक्दा पर्यटन बोर्डबाट टानले पाउनुपर्ने ग्रुप टिम्सको ११ करोड रुपैयाँ रोकिएको टान अध्यक्ष नवराज दाहालले जानकारी दिए ।

‘टानले पर्यटन बोर्डबाट करिब ६० करोड पाउनु पर्छ। तर, बेरुजुको नाममा सो रकम रोकिँदा ट्रेकिङ क्षेत्रको काम प्रभावित भएको छ,’ उनले भने, ‘हामी बेरुज बेहोर्नुपर्छ भने तयार छौं। सो रकम संयुक्त फन्डबाट बेहोर्ने हुँदा बोर्डले पनि बेहोर्नुपर्छ।’

टान बेरुजु बेहोर्न तयार हुँदा पनि आलटाल गर्नु पर्यटन बोर्डको गैरजिम्मेवारीपन भएको दाहालको भनाइ छ। आजको नागरिक दैनिकमा समाचार छ ।

Share News