
काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा प्राइभेट परीक्षाको फाराम बुझाउने अन्तिम मिति तोकिएको छ। परीक्षामा सामेल हुन इच्छुक विद्यार्थीले बैशाख २३ गतेसम्म फारम बुझाइसक्नु पर्नेछ। बैशाख १६ गते सम्म त्रिविले १३०० शुल्क सहित भर्ना गरेको थियो भने अब बैशाख २३ गते सम्म डबल दस्तुर गराई २६०० बनाएको छ।
यो साल प्राइभेट परीक्षा अन्तिम पटक हुने र आउँदो सत्र देखी प्राइभेट परीक्षा फारम भर्न नपाईने परीक्षा नियणत्रक पुष्पराज जोशिले बताए।
विद्यार्थीहरुले प्राइभेट परीक्षा अन्तर्गत स्नातकोत्तर तहमा राजनीति शास्त्र र जनप्रशासन (मास्टर्स अफ पब्लिक एड्मिनिस्टेरेसन) विषय पढ्न पाउने छन्। अन्य बिषयमा ‘प्राक्टिकल’ गर्नुपर्ने भएकोले प्राईभेट परिक्षाको व्यवस्था गर्न नपाएको जोशीले बताए।
प्राइभेट परिक्षामा विद्यार्थीले क्याम्पस नगई स्वअध्ययन परिक्षामा मात्र सहभागी हुनसक्ने व्यवस्था रहेको छ।
त्रिविले भने अहिले धेरै जसो स्नातकोत्तर तहका अधिकांश विषयमा सेमेस्टर प्रणाली लागू गरिसकेको छ। सेमेस्टर प्रणाली अनुसार विद्यार्थीको ८० प्रतिसत हाजिर र सबै ‘प्र्याक्टिकल’ बिषयको टर्म पेपर तयार गर्नुपर्ने हुन्छ।
कहाँ बुझाउने फारम ?
विद्यार्थीले फारम बल्खु स्थित परीक्षा नियन्त्रण कार्यलयमा बिहान १०-५ बजे को समयमा बुझाउनुपर्ने छ।
के के चाहिन्छ ?
-एसएलसीको सटिफिकेट र चारित्रिक प्रमाणपत्र
-प्लस २ को ट्रान्स्क्रिप्ट र चारित्रिक प्रमाणपत्र
-ब्याच्लरको ट्रान्स्क्रिप्ट र चारित्रिक प्रमाणपत्र
-२ पासपोर्ट साईज फोटो