३० प्रतिशत नाफा बढाएको सनराइजलाई लागत र सीसीडी घटाउने चुनौती, अरु सूचक कस्ता ?

<p>काठमाडौं । सनराइन बैंकले आफ्नो खुद नाफामा ३१ प्रतिशतको सुधार ल्याएको छ । अघिल्लो वर्षको ९ महिनामा कमाएको ९४ करोडको नाफाको आकार बढाएर करिब १२५ करोड पुर्याउँदा बैंकको उक्त परिमाणको प्रगति देखिएको हो । ८ अर्ब १५ करोड रुपैंया चुक्ता पुँजी भएको बैंकको यो नाफा प्रतिशेयर २०.०५ रुपैंया हो । बैंकले माघदेखि चैतसम्मको ३ महिनामा [&hellip;]</p>

काठमाडौं । सनराइन बैंकले आफ्नो खुद नाफामा ३१ प्रतिशतको सुधार ल्याएको छ । अघिल्लो वर्षको ९ महिनामा कमाएको ९४ करोडको नाफाको आकार बढाएर करिब १२५ करोड पुर्याउँदा बैंकको उक्त परिमाणको प्रगति देखिएको हो । ८ अर्ब १५ करोड रुपैंया चुक्ता पुँजी भएको बैंकको यो नाफा प्रतिशेयर २०.०५ रुपैंया हो । बैंकले माघदेखि चैतसम्मको ३ महिनामा ३५ करोड ४५ लाख नाफा थपेको थियो ।

सनराइज बैंकले ७१ अर्ब ९१ करोड निक्षेप संकलन गरी ६८ अर्ब ८१ करोड कर्जा प्रवाह बढाउँदा ब्याज आम्दानी १ अर्ब ९२ करोडबाट एक वर्षमा २ अर्ब ६४ करोड पुर्याएको छ । तर उच्च सञ्चालन खर्चले गर्दा नाफामा अपेक्षित सुधार भने हुन सकेन ।

एक वर्षको अवधिमा बैंकको कस्ट अफ फण्ड बढेर ७.४० बाट ४.५२ पुगे पनि आधार ब्याजदर ११.३४ प्रतिशतबाट १०.४३ प्रतिशतमा झार्न सकेको छ । यसका बाबजुत पनि बैंकले स्प्रेडदरलाई ४.३७ प्रतिशतसम्म पुर्याएको छ । बैंकको सीसीडी रेसियोभा भने थप चाप देखिएको छ । सो अनुपात करिब ८० प्रतिशत छुनै लागेको छ । यो अनुपात र कस्ट अफ फण्ड घटाउँदै नाफा बढाउने चुनौती बैंकलाई रहेको सनराइजले प्रकाशित गरेको रिपोर्टले देखाएको छ ।

Share News