जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

<p>बेझाड । पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल भिरपानीबाट जन्ती लिएर वडा नं ७ जयमिरेतर्फ जाँदै गरेको लु१ज १९४१ नं को जीप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक बुद्धिवल सोती, निस्दी गाउँपालिका–७ का खड्कबहादुर सोमै, देवलाल खन्गाहा, लालबहादुर सारु र सन्तबहादुर सारु रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिंह रानाले [&hellip;]</p>

बेझाड । पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल भिरपानीबाट जन्ती लिएर वडा नं ७ जयमिरेतर्फ जाँदै गरेको लु१ज १९४१ नं को जीप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक बुद्धिवल सोती, निस्दी गाउँपालिका–७ का खड्कबहादुर सोमै, देवलाल खन्गाहा, लालबहादुर सारु र सन्तबहादुर सारु रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिंह रानाले जानकारी दिए । निस्दी गाउँपालिका– ६ र ७ को सिमानामा जन्ती बोकेको जीप दुर्घटनामा परेको हो ।

अहिले प्रहरी निरीक्षक रानाको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा गएको छ । रासस

Share News