काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवम् सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले ओमान भ्रमणका क्रममा ओमान चेम्बरका अध्यक्ष, ओमानका लागि नेपाली राजदूत र ओमानका उद्यमी व्यवसायीहरू समक्ष राजधानी मस्कटमा आपसी भेटवार्ता गरे ।
भेटवार्ताका क्रममा पूर्व अध्यक्ष ढकालले नेपाल-ओमान आर्थिक सम्बन्ध विस्तार एवम् सहकार्यका क्षेत्रका विषयमा छलफल गरे ।
साथै भ्रमणका क्रममा पूर्व अध्यक्ष एवम् विशिष्ट सदस्य ढकालले ओमानस्थित श्रीलंकाली राजदूतावासमा गई श्रीलंकामा हालै घटेको हिंसात्मक घटनाबाट मृत्यु हुनेहरूको सम्झनामा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै समवेदना प्रकट गरे ।